बिराटचौक,२८ चैत । मोरङको सुन्दरहरैचास्थित पारिश्रमिक बहुउद्धेश्यीय सहकारी संस्थाको सहकारी भ्रमणमा गएको बस दुर्घटनामा परेको छ । संस्थाका अध्यक्ष सहित ३५ जना सवार सो बस भ्रमण सकेर फर्कने क्रममा धनुषाको लालगढ नजिक कालजर भन्ने ठाँउमा दुर्घटनामा परेको हो ।

खाल्डाखुल्डी सडकका कारण बस बिहान सवा ३ बजे सडकमा पल्टिएको सस्थाका सदस्य महेश आचार्यले जानकारी दिए । भ्रमणमा गएकी संस्थाकी शेयर सदस्य सुन्दरहरैचा १० की कमला राईलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौको लगिएको छ । राईको ललितपुरको भैसेपार्टी स्थित मेडिसिटी अस्पतालमा उपचार भई रहेको छ ।

भ्रमणमा सहभागी अन्य सदस्यहरु सबै खतरा मुक्त रहेको र घाइतेहरुको लालगढ मोडल अस्पताल,गढीमाई अस्पताल र रामा अस्पताल जनकपुर, विरगंञ्ज न्यूरो अस्पतालमा उपचार भई रहेको आचार्यले बताए ।