काठमाडौं,२३ असार । नेकपा एमालेको एकता कार्यदलका सदस्य गोकर्ण विष्टले पार्टीभित्र देखा परेका विवाद समाधान उन्मुख रहेको बताएका छन्। बुधवारको कार्यदल बैठकपछि नेता विष्टले पार्टीमा देखिएको असहज परिस्थितिका सन्दर्भमा सार्थक परिणाम र निष्कर्षमा पुर्‍याउन कार्यदलले काम सुरु गरेको बताए। विवाद समाधानका लागि झण्डै-झण्डै निष्कर्षमा पुगिसकेको उनको भनाई छ।

‘लामो समयदेखि देखिएको असहज परिस्थितिका सन्दर्भमा समाधान खोज्नको लागि सार्थकमा परिणाममा र निष्कर्ष पुर्‍याउन कार्यदले काम सुरु गरेको छ,’ उनले भने, ‘तेस्रो बैठकसम्म आइपुग्दा जुन जुन मुद्दामा विवाद देखिएको थियो ती मुद्दामा निष्कर्षमा पुगिसकेका छौं। सार्थक परिणाम प्राप्त गर्न सक्छौ भन्ने लाग्छ। सकारात्मक भएको छ। अविश्वासको खाडल र दूरी कम भएको छ। विश्वासको वातावरण बनेको छ। सहमतिको नजिकमा छौं। दिन नतोकौं। हामीले गरेको लामो प्रयत्नले सार्थक परिणाम प्राप्त गर्छ। कार्यकर्ताको चाहना पूरा हुन्छ।’

पार्टीलाई एकताबद्ध बनाउन छलफल सकारात्मक रहेको उनको भनाइ छ। विष्टले भने, ‘विषयलाई सांकेतिक हिसाबले भन्न चाहन्छु, अदालतको फैसला मुताबिक पूर्ववत् अवस्थामा पुर्‍याएर पार्टीलाई क्रियाशील बनाउने, केन्द्रीय कमिटीको संख्याको विवादमा समाधान खोज्ने, माओवादीबाट आएका व्यक्तिलाई व्यवस्थापन गर्ने र प्रतिनिधिसभा विघटन र अदालतमा परेको मुद्दामा परेको समाधान खोज्ने गरी जुन भाषामा समाधान खोज्नुपर्ने थियो त्यसमा नजिक आएका छौं।’लोकपाटी बाट