पथरी, २७ असार। मोरङको पथरीशनिश्चरे नगरको वडा नम्बर १ मा कागजको झोला निर्माण सम्बन्धी तालिम सम्पन्न भएको छ ।

नगरको लघु उद्यम शाखाद्वारा आयोजित ५ दिने तालिमको समापनका अवसरमा बोल्दै नगर प्रमुख दिलीपकुमार राईले नगरले लघु उद्यम विकासका लागि कार्यक्रमहरु अघि सारेकाले उद्यमी वन्नका लागि स्थानीयवासी जागरुक वन्नु पर्नेमा जोड दिनुभयो ।

लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सो वडाका ९ जना महिला सहभागि तालिममा लघु उद्यम शाखा प्रमुख हेमचन्द्र दहाल, तालिम सहजकर्ता पूर्ण मास्के सहितले मन्तव्य व्यक्त गर्नुभयो ।