पथरी, ३० असार। मोरङको पथरीशनिश्चरे ३ मा लघु उद्यम विकासका कार्यक्रम अन्तर्गत बाख्रा तथा बंगुर पाठा वितरण सम्पन्न भएको छ ।
लघु उद्यमको विकास गरी जीवनस्तर उकास्ने कार्यक्रम अन्तर्गत निर्माण भएको समूहलाई ५ दिने बाख्रा तथा बंगुर पालन तालिम प्रदान गरी ८ जनालाई बाख्रा र ५ जनालाई बंगुर पाठा वितरण गरिएको हो ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोला, लघु उद्यम विकास शाखा प्रमुख हेमचन्द्र दहाल, शाखा कर्मचारी भगवती कटुवाल सहितले बाख्रा र बंगुर वितरण गर्नुभयो ।

215219313_953485045227326_4693344998389089816_n