इटहरी,३१ असार । नेकपा एमालेका नेता धर्मराज निरौलाले पार्टी अधक्ष्य केपी शर्मा ओलीलाई एमाले पार्टी बुवा बाजेले दिएको अंश नभएको बताएका छन । बिहिबार सामाजिक संजाल फेसबुक मार्फत उनले यस्तो बताएका हुन ।

उनले लेखेका छन एमाले पार्टी केपी लाइ बुवा बाजेले दिएको अंश होइन सवैको खुन पसिना बुद्दि विवेक बाट निर्मित संस्था हो एमाले बिबाद मा मुख्य दोषी अध्यक्ष ओली भएको जिकिर गर्दै नैतिकहिन र निर्लज्ज भएर ओलीले " जो चोर उसैको ठुलो स्वर" गर्दै दोष जती अर्कातिर पन्छाएको आरोप आरोप लगाएका छन ।

बुदागत रुपमा ओलीलाई बिभिन्न आरोप लगाएका निरौलाले एमाले र माओबादी केन्द्र मिलेर बनेको नेकपा विभाजन गर्न ओलीले अदालतमा सेटिङ्ग समेत गरेको बताएका छन ।

208822928_134401475491336_6922686067727835631_n