बिराटचोक,३१ असार । नेपाली काँग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा देशैभर नेपाली काँग्रेसको चहलपहल बढ्न थालेको छ । मोरङको सुन्दरहरैचामा पनि उम्मेदवारका आकाङ्क्षीहरू बढ्न थालेका छन् । त्यही क्रममा सुन्दरहरैचाको ९ नम्बर वडा सभापतीमा ऋषि काफ्लेले सभापती पदको लागि उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
करिब ६ बर्ष अघिदेखि नेपालि कांग्रेसको सक्रिय राजनिती सुरु गरेका काफ्ले सुन्दरहरैचाको सगरमाथा युथ क्लबका बरिष्ठ उपाधक्ष्य समेत रहेका स्थानीय युवाहरु बिच लोकप्रिय छन ।
९ नम्बर वडामा १ सय ११ जना नेपालि कांग्रेशको क्रियाशील सदस्यहरु रहेकामा सवै जनामा आफुलाई सभापतीमा चयन गर्न आग्रह समेत गरीसकेको सभापतीका आकांक्षी काफ्लेले बताए । काफ्लेले भने, ‘म पार्टीमा वडा सभापतिको भुमिका कार्यसम्पादन कुशलतापूर्वक निर्भाह गर्न सक्छु । त्यसैले सभापतिमा लड्ने तयारी अघि बढाएको छु। ’उनले पार्टीलाई विधि र विधानमा सक्रिय बनाउन युवाले मात्र सक्ने भन्दै आफूले युवाको तर्फबाट सभापतिको उम्मेदवारी दिएको बताए । कोरोना कहरमा जनताको चुलोमा आगो बल्न नसक्दा उनले युवा शक्ति परिचालन गरि गाउँ गाउमा माक्स , सेनिटाइजर साथै खाधान्न वितरण गर्नमा सक्रिय थिए ।
साउन १२ गते हुने वडा स्तरिय अधिवेशनमा नेपालि कांग्रेस संस्थापन पक्षका केन्द्रिय सदस्य अमृत अर्याल, राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी , सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख साथै काङ्ग्रेस मोरङको जिल्ला सह-सचिव शिव प्रसाद ढकाल र काङ्ग्रेस मोरङको जिल्ला कोषाध्यक्ष गोपाल थापाको समेत काफ्लेलाई समर्थन रहेको बताईएको छ ।
नगरसभापतीमा सस्थापन पक्षबाट सुन्दरहरैचा ७ का वडा अधक्ष्य समेत रहेका चैतन्यप्रसाद सिटौलाइ उम्मेदवार बनाउने निर्णय गरेको छ भने अर्को पक्षको तर्फबाट भक्ती सिटौलाको नाम चर्चामा छ । भक्ती सिटौला पार्टी राजनिती संगै स्थानीय सामाजिक संघ संस्थामा सक्रिय छन ।


