बिराटनगर,३१ असार । नेकपा एमाले माधब नेपाल पक्षीय मोरङ जिल्ला कमिटी र बिराटनगर महानगर कमिटिका पदाधिकारीहरुको संयुक्त बैठक सम्पन्न भएको छ । बिहिबार बिराटनगरमा बसेको बैठकले ६ बुदे प्रस्ताबहरु पासगर्दै बैठक सम्पन्न भएको हो ।
नेकपा एमाले मोरङ जिल्ला कमिटी अध्यक्ष चन्द्रबीर राईको अध्यक्षतामा बसेको बैठकले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापन गर्ने निर्णयको उच्च सम्मान का साथ स्वागत गरेको छ । त्यसैगरी बैठकले प्रधानमन्त्री पद बाट बर्खास्तीमा परेपछि बालकोटबाट केपि ओलिले पार्टिका वरिष्ठ नेता माधवकुमार नेपाल माथी लागाएको आरोप र तुच्छ शैलिको अभिव्यक्ती प्रती घोर भत्सर्ना गर्दा निन्दा गरेको छ ।
कोभिड महामारिको क्रममा पार्टी सम्बन्ध विभिन्न जनवर्गीय सङ्गठनले गरेको राहत बितरण स्वास्थ्य सामाग्री स्यानिटाईज कार्य रक्तदान लगायतको कार्यमा सम्लग्न सबैलाई धन्यवाद व्यक्त गरेको छ । केपि ओलि समुहले पार्टी सदस्यता नवीकरणगर्ने एकलौटी निर्णय अस्वीकार गर्ने र नविकरण नगर्न र नगराउने निर्णय गरेको छ । पार्टिको सस्थापक महासचिव पुस्पलाल को स्मृति दिवस स्थानीय तह सम्म मनाउने निर्णय गरेको छ । साथै विभिन्न स्थानीय तहमा कमिटी गठन पुनर्गठन लाई निरन्तरता दिने निर्णय गरेको छ ।
बैठकमा नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष घनेन्द्र बस्नेतको प्रमुख आथित्यमा रहेको थियो केन्द्रीय सदस्य तथा मोरङ सह इन्चार्ज महेश रेग्मी एवम पुर्व सांसद हर्कमान तामाङ लगायतको आथित्यता रहेको थियो ।




















