काठमाडौँ,१६ साउन ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा माधव नेपालका लागि ठाउँ नभएको दोहोर्याएका छन। शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा माधव नेपालका लागि ठाउँ नभएको दोहोर्याएका छन शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताए ।
‘माधव नेपालजस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन, वामपन्थी सरकार ढाल्ने दक्षिणपन्थी सरकार बनाउने, विश्वासको मत दिने,’ उहाँले भन्नुभयो, ‘आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने, दक्षिण पन्थीको सरकारलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने, त्यस्ताका लागि ठाउँ छैन ।’
अध्यक्ष ओलीले बाटो बिराएका अरू भने पार्टीमा फर्किन सक्ने बताउनुभयो । ‘आउनुस् यो पार्टी हामी सबै जनाको हो । जो आउँदैन, आउँदैन । समय कुर्दैन,’ उनले भने ।




















