काठमाडौं,२३ साउन। एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको युवा संघ ‘पिपुल्स् भोलेन्टियर’ ले त्रिवि शिक्षण अस्पताल परिसर सरसफाई गरेको छ। ‘पिपुल्स भोलेन्टियर’का संयोजक अशोक रावलका अनुसार संगठनले शनिबार शिक्षण अस्पताल परिसर सरसफाई गरेको हो।
सामाजिक मुद्दामा काम गर्नका लागि स्थापित संगठनले उक्त कार्यक्रमको सुरूवात गरेको रावलले जानकारी दिए। त्यसैगरी युवा संघका अध्यक्ष नरेश शाहिले "महिनामा २ दिन, २ घण्टा मेरो राष्ट्रका लागि" स्वयंसेवकिय कार्य अभियान आजवाट शुरूवात गरेको बताए ।
शिक्षा र स्वास्थ्य राजनीतिवाट मुक्त हुनुपर्छ भन्ने मान्यता राख्दै अभियानमा ब्यानर, झण्डा प्रयोग नगरीकन अभियान शुरु गरीएको बताए । स्वयंसेवकिय कार्य भनेको प्रचारको लागि नभई निस्वार्थ भावनाले काम गर्नको लागि गरीने कुरा व्यक्त गरे ।






















