काठमाडौं,२४ साउन । आज बस्ने भनिएको नेपाल कम्यूनिष्ट पार्टी एमालेको केन्द्रीय कमिटी बैठक भोलीलाई सरेको छ ।
केन्द्रीय कार्यलय सचिब शेरबहादुर तामाङका अनुसार भोली बिहान ११ बजे स्थयी कमिटी बस्ने र तीन बजे केन्द्रीय कमिटी बस्ने भएको छ ।
एमाले स्रोतका अनुसार पार्टीको विवाद समाधानका बिषयमा माधव नेपाल पक्ष केही लचिलो भएकोले त्यसमा थप छलफल गर्नका लागि आजको बैठक स्थागित गरिएको हो ।
विघठित कार्यदलका सदस्यहरुले यस बिषयमा हिजो पनि छलफल गरेको र आज पनि छलफल गरेर अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीच भेटघाट गराउन अन्तिम कसरत गरिरहेका छन् ।




















