काठमाडौं, ३१ साउन । नेपालको कम्युनिस्ट पार्टीमा देखिएका विचलनका पक्ष भनेको अवसरका लागि हाबी भएको अवसरवाद नै हो । समाज रूपान्तरण गर्ने पर्नेले कुबिचारमा बगेर आफ्नो स्वार्थ पूरा गर्न खोज्दा अवसरबाद हाबी भएका हुन् । पार्टी सिद्धान्त भनेको केही होइन, म नै सबै थोक हुँ भन्ने सोचको बिकास भएको छ । यो नेपालमा मात्रै होइन अन्त पनि छ । यसले जनताका पक्षमा काम गर्न पाएको अवसरलाई आवसरवादमा परिणत गरेको छ । हामीले पाएको अवसरलाई जनतको पक्षमा लागु गरी उपयोग गर्न सकियो भने लोकप्रियताको शिखरमा पुग्ने मात्रै होइन, त्यसलाई दिगो बनाउन सकिन्छ ।

तर, अवसरलाई हामीले जनताको पक्षमा लागु गर्ने सकेका छैनौं । त्यसको कारण हो आज नेपालको कम्युनिस्ट आन्दोलनमा अवसरबाद हाबी हुनपुग्यो । अवसरवादका विरुद्धको संघर्षमा हामी कहाँ चुक्यौँ ? अबसरवादलाई चिन्ने कुरामा कहाँ त्रृटि भयो ? यसका पछि अनेक कारण छन् ? खेजिनुपर्छ । अबसरबादका पछि अनेक कारणहरू छन् । वैचारिक विचलन, दक्षिण पन्थी भड्काव, बामपन्थी भडकाव बडदै जाने र चिन्तनका क्षेत्रमा सहि जगमा उभिन सकिएन भने यस्ता समस्या आउछ । कमजारी आएको पनि हो । यस्तै द्वन्द्वात्मक भौतिकवादलाई आत्मसात गर्न नसक्नु पनि अर्को समस्या हो ।
हामी मानिस हौँ, मानिस मध्ये पनि सर्वकृष्ट मानिस हौँ । हामीने आफूलाई त्यसरूपमा उभियाउनु पर्छ । तर, हामीले बिस्तारै आफू मानिस भएको पनि विर्सन थालेका छौं । मानिस भएकाले हाम्रो उदेशय के हो ? हामीले जनताका पक्षमा गर्ने काम के हो ? त्यो गुण पनि विर्सन थालेका छौंँ । मानवीय रूपमा हाम्रा भावना के हुन त्यसमा हामीले सोच्नुपर्छ । यीनै मानवीयता बिर्सदा सर्वसत्तावाद र अधिनायकवाद हावी भएको छ । यति मात्रै होइन, बिस्तारै सबै प्रकारका मानविय गुण हराउन थालेका छन् । यो कम्युनिस्टका लागि दुखद पक्ष हो ।
पार्टी जनताका पक्षमा हुनपर्छ । जनताले कुरा सुन्ने बुझने र जनताको कुरा सुनिदिने । जनताले पार्टीको कुरा सुनेनन, सुनेर पनि बुझेनन भने के अर्थ ? जब पार्टीले लाखौं सदस्य गोलबन्द गर्न सक्दैन त्यो पार्टीको नेता हुनुको के अर्थ ? त्यो केवल कागजी मात्रै हुन्छ । हामी कस्तो कम्युनिस्ट हौँ ? जनताको समस्या बुझेर उनीहरू भावना बुझेर जनताको ढुककुकीमा बसेका छौं ? की समाजवादी हौं, फासिस्ट हौं ? आत्म समिक्षा गर्नपर्छ माक्र्सवादीले जनताका समस्या बुझेन भने जनताका समस्याका समाधान गर्न सक्दैन । त्यो गफ मात्रै हुन्छ ।
हरेक कम्युनिस्ट पार्टीले जनतामा चेतना र जागरण पैदा गर्नुपर्छ । जनतका हरेक समस्या सामाधान गर्न संगठित गरी आन्दोलन गर्छ । कम्युनिस्ट पार्टीले सत्ता मार्फत जनताको विश्वास जितेर जनताको पक्षमा कामगर्छ । तर, यहाँ त चुनावदेखि चुनावसम्म सत्तादेखि सत्तासम्म मात्रै भएको छ । चुनावदेखि जनतासम्म जनताको विश्वास जितेर फेरी चुनाव र सत्तामा गएर जनताको पक्षमा काम गर्ने हो । कम्युनिस्ट पार्टीको सत्ता र बुर्जुवा सत्ताका बीचमा भिन्न हुँनैपर्छ । समाजको रूपान्तरण गर्न जनशत्तिका आधारमा सत्तामा गएर काम गर्ने हो बन्दुकको बलमा होइन । कम्युनिस्ट पार्टी सत्तामा गए अधिनायकवाद लागु हुन्छ, निरंकुश जन्मन्छ भन्ने आरोपलाई हामीले असत्य हो भन्ने सावित गरेका छौँ । यो जबजको प्रयोगको उपलब्धि हो ।
विश्वका तानाशाह, हिट्लर, मुशोलिन जस्ता धेरै शासकलाई हेरौँ । उनीहरूले गरेका काम पतनको बाटोमा थियो, समाप्तिको बाटोमा थियो । मान्छेले विधिको शासन छोडेर सिमा नाघेपछि त्यो समाप्त भएका छन् । त्यसैले हामीले यीसबै कुरामो चिन्तन मनन गर्न पर्छ । हामीले हाम्रो उद्देश्य, कर्तव्य के हो भन्ने कुरा कहिल्यै बिर्सनु हुँदैन । हाम्रो उद्देश्य, कर्तव्य, दायीत्व केहो भन्ने कुरा बिर्सियौँ भने मानवीय जिम्मेवारी के हो भन्ने पनि बिर्सन्छौँ । त्यसमा पनि आफूलाई कम्युनिस्ट हौँ भन्नेले यी उद्देश्य बिर्सनु हुँदैन । कम्युनिस्टको उद्देश्य भनेको समाजको परिवर्तन, समाजको रूपान्तराण, संसारको परिवर्तन गर्ने अठोट लिनु हो । नयाँ समाज निर्माणको संकल्प र नयाँ संसार निर्माण गर्ने उद्देश्य लिएर आफ्नो ठाउँबाट लाग्नुपर्छ । जहाँ हामी जन्मेका धर्ती र जनताको मुक्तिका लागि । तर, हामीले कम्युनिस्ट पार्टीमा रहेर के गरी रहेका छौँ बेलाबेला आत्मसमीक्षा गर्नुपर्छ ।
जनताका समस्याबाट भागेर होइन, चुनौतीसँग सामना गर्नुपर्छ । यसका लागि इमानदारी चाहिन्छ । विचारमा अलमल भएको नेताले कम्युनिस्ट पार्टीको नेतृत्व गर्न सक्दैन । आफू र आफ्ना आसेपासेको हित मात्रै ठान्न थालियो भने त्यसले नेतृत्व गर्न सक्दैन । त्यसैले नेतृत्व सधै इमानदार हुनपर्छ । विश्व कम्युनिस्ट पार्टीको इतिहास हेर्ने हो भने लिन प्याओ, स्टालिन, गार्भाचो जस्ता नेता कसका कारण उच्च नेतृत्वमा पुगे भनेर हामी उम्कन पाउँदैनौँ । जनताका जनमत आफ्नो स्वार्थ सिद्ध गर्न जवभावनालाई व्यक्ति स्वार्थमा लागू गर्दा जनतामा वितृष्ण पैदा भए र उनीहरू पनि समाप्त भए । हामीले ती कमजोरीबाट पाठ सिक्नुपर्छ र सिद्धान्तबाट भाग्नु हुँदैन । यसका लागि विश्वका धेरै देशको परिवर्तनलाई अध्ययन गर्नुपर्छ ।
टाढा जानु पर्दैन छिमेकी देश चीनलाई हेर्न सक्छौँ । चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो एक सयौं वार्षिकोत्सवको कार्यक्रममा राष्ट्रपति सिजीङ पिङले भनेका थिए, ‘एक सय वर्षसम्मको हाम्रो यात्राको मूल उद्देश्य के ? हाम्रो पार्टीको फाउन्डेन मिसन के ?’ उनले भनेका थिए, हाम्रो मिसन हो जनताको सेवा । यो मिसनबाट विचलित भयौँ भने हामीले बाटो बिराउँछौँ, ‘त्यसका लागि त्याग, तपस्या र बलिदान चाहिन्छ ।’ उनले भने झैँ हाम्रो पार्टी स्थापनाको मूल उद्देश्य के ?’ त्यसलाई हामीले बिर्सन हुँदैन हामीले नेपालको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्ने नेताहरूको उद्देश्य के थियो भन्ने बुभ्mनु पर्छ र त्यहीअनुसार चल्नुपर्छ ।

नेपालको सन्दर्भमा कम्युनिस्ट पार्टी स्थापनाको पनि उद्देश्य थियो । जुन दर्शनलाई आफ्नो देशमा लागू गर्नुपर्ने छ । दर्शनलाई लागू गर्न देशको इतिहास र जनताको भावना अवस्था बुझेर त्यस अनुसार अगाडि बढ्नु हो । त्यस्तो हुन सकेन भने प्रजापरिषद् र प्रचण्ड गोर्खा जन्मिएर हराएजस्तै हुन सक्छ । सीमित उद्देश्य र मिसन पूरा गर्न बनाएको दल त्यसै गरी हराउँछन् । इच्छा गरेर मात्रै पनि हुँदैन, भिजन पनि चाहिन्छ । भिजन बिनाको मान्छे अँध्यारोमा पुग्छ । त्यसैले जनताका हितमा कामगर्न सुन्दार सपनासहित ठोस आकार दिनका लागि राम्रो वैचारिक जगमा उभिनु पर्छ । त्यसका लागि फेरी पनि इमानदारी चाहिन्छ ।
त्यसैले नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको मिसन पूरा भएको छैन । नेपाली जनताको भवना देश राष्ट्र मातृभूमिप्रति इमानदार भएर लाग्नुपर्छ । नेपाल भूमि र जनता हाम्रा लागि जन्मदिने आमा जत्तिकै प्रिय छन् । त्यस कारण देश र जनतालाई केन्द्र विन्दुमा राख्नुपर्छ । इतिहास, वर्तमान र भविष्यलाई ध्यानमा राखेर अगाडि बढिएन भने मुलुकका हितमा केही गर्न सकिँदैन । त्यसो भएकाले माक्र्सवादको सिद्धान्त आफैँमा प्रकृति हो । मानव चिन्तनको विकासको नियमलाई यस्ले आत्मसाथ गरेको छ । त्यसलाई बुभ्mन गहिरो अध्ययनको आवश्यकता पर्छ । अध्ययन गरिएन भने सिद्धान्तविहीन अराजनीतिक जमात तयार गर्छौं । यसले मुलुकको नेतृत्व गर्न सक्दैन ।
पार्टी चलाउन राजनीतिक विचारले स्पष्ट भएका पंक्ति तयार गर्नुपर्छ । यसका लागि चेतना, विचार र दर्शन बुभ्mन पर्छ । हरेक मान्छे पवित्र विचार र भावनाले निर्दिष्ट भएर विचार, संस्कार, बानीबेहोरा, संकृतिमा परिवर्तनको पक्ष भएन भने केही गर्न सक्दैन । त्यसका लागि सबैभन्दा पहिला मानिसले आफू र आफू बस्ने समाजलाई चिन्नुपर्छ । आफूलाई चिन्न नसकनेले आफूलाई बदल्न सक्दैन, समाजलाई चिन्न नसक्नेले समाज बदल्न सक्दैन । त्यसैले पहिला आफूलाई चिनौँ, राम्रा पक्ष लिउँ, कमजोरी हटाउ भन्ने आत्मविश्वास लिनुपर्छ । समाजका राम्रा कुरा र राम्रा मान्छेलाई लिएर अगाडि बढ्नुपर्छ । यी सब चीजलाई ग्रहण गर्न व्यक्तिभावलाई हटाउनु पर्छ । व्यक्तिभावले निरंकुशता जन्माउँछ र त्यसले बदलाको भावना बढाउँछ । म ज्ञानको भण्डार हुँ, अरू केही होइन सबै मैँ हुँ भन्ने अहंकार बढाउँछ । यी सबै वैचारिक विचलनले ल्याउने कुरा हो ।
अब हामीले विभिन्न प्रकारका विचलनका अन्त्य गर्नुपर्छ । अहिलेको राजनीति अवसरका आधारमा अगाडि बढेको छ । झालझेल, षड्यन्त्र, तिकडम, सामन्त, शोषक, जाली फटाहले भरिएको संसार छ । तीसँग सामना गर्नुपर्नेछ । त्यसका लागि सही विवेक चाहिन्छ । विवेकले के गर्न हुने के गर्न नहुने भन्ने सचेत गराउँछ । समाजलाई रूपान्तरण गर्नका लागि माथिका सबै प्रकारका गलत तत्वसँग जुध्नपर्छ । हामीले धेरै कुराको अध्ययन गर्नुपर्छ । दुनियाँमा कुनै देश किन सफल भयो कुनै देश किन असफल भयो ? कुनै व्यवस्था सफल भयोे, कुनै व्यवस्था असफल भयो ? यस बारेमा गहिरो विश्लेषण गर्नुपर्छ । मान्छेको संस्कार, आचरण, सिस्टम, परिपाटी बसाउने र मान्छेलाई अव्यस्त बनाउने कुरामा ध्यान दिन सकियो भने । हामी निरन्तर प्रगतिको बाटामो लम्की रहनेछौँ । त्यसकारण माक्र्सले माक्र्सवादको विकास गर्नुभयो । हामी मान्छेले समाज विकास यहाको अर्थतन्त्र, र मानव जातिको उत्पत्तीका बारेमा जे जति बुझेका छौंँ त्यो माक्र्सवादको सिर्जनात्मक विचार हो । माक्र्सवाद अहिलेसम्मको उत्कृष्ट विचार, सिद्धान्त र दर्शन हो यसलाई कसैले चुनौती दिन सक्दैन । हामी कम्युनिस्ट हौँ र हामी मिसनमा जान्छौँ निजी कुरामा हाम्रो ध्यान जाँदैन र जानु हुँदैन ।
समाजमा विभिन्न बिचार भएका मान्छेहरू छन् उनीहरूका आ–आफ्नै दृष्टिकोण छन् । ती मध्ये हामी समाजको आमूल परिवर्तन गर्नै हौँ । समाजका सबै प्रकारका समस्याको जरो पत्ता लगाएर समूल रूपमा नष्ट गर्न चाहन्छौँ । नेपाली समाजका रहेका विभेद, असमानता, थिचोमिचो र अत्याचारलाई समाप्त पारेनौँ भने त्यो भन्दा ठूलो अपराध केही हँुदैन । समाजमा भएका सबै प्रकारका थिचोमिचो र महिलाप्रति अमानवीय व्यवहार गर्छ भने त्यसको विरोधमा कम्युनिस्ट पार्टी उभिनुपर्छ । तर, अहिले त्यस्तो भएको छैन । स्थानीय निकाय र विभिन्न निकायमा कम्युनिस्ट पार्टीले जितेर पनि जनता त्यसको अनुभूति गर्न सकेको छैन । माफ गर्ने नसक्ने अत्यन्तै निर्मम सास्ती खेप्दा पानी न्याय दिन सकिएन भने त्यो भन्दा नालायक अरू केही हुनै सक्दैन । जनताले पाएको कैयौँ दुःखका कारण समाजका हामी आफैँ हुन सक्छौँ सोच्नुपर्छ ।
मुलुकमा कम्युनिस्ट पार्टीको सरकार भएर पनि जनताले शान्तिको साफ फेर्ने अवस्था रहेन । जनताका समस्याप्रति संवेदनशीलता भएन भने हामीले कसका लागि काम गर्ने ? कुनै पनि बहनामा जनतका समस्याबाट उम्कन पाइँदैन । जब जनताले नै सरकार भएको अनुभूति गरेन भने किन जाने सरकारमा ? त्यसैले पहिला जनता हो, जब जनतालाई बिर्सन्छ त्यति बेला पार्टीको मान्यता समाप्त हुन्छ । पार्टीले जनतालाई बिर्सेपछि जनताले पनि पार्टीलाई बिर्सन्छ । जनताको हित र कल्याण नै मूल कुरा हो त्यो भन्दा भिन्न अरू कुरा हुन सक्दैन । राजनीतिमा देखिएका विभिन्न गलत र व्यक्तिवादी प्रवृद्धि । आफ्नो स्वार्थबाहेक अरू केही नदेख्ने सोचको अन्त्य हुनपर्छ ।
(एफसीडी नेपालको आयोजनामा गरिएको 'कम्युनिस्ट आन्दोलन: अवसर र अवसरवाद ' विषयक गोष्ठीमा प्रस्तुत विचारलाई पत्रकार चमिना भट्टराईले तयार पार्नुभएको सारसंक्षेप )




















