बर्दिया,३१ साउन । माधव नेपाल पक्षिय नेकपा एमाले बर्दियाको मधुवनमा नगरस्तरीय भेला सम्पन्न भएको छ । आइतबार भएको नगरस्तरीय भेलाले पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालकाे पक्षमा दृढतापुर्वक उभिने निर्णय गरेको छ ।

भेलाले दुर्गा रिमालको अध्यक्षतामा ६१ सदस्यीय मधुवन नगरकमिटी घोषणा गरेको छ । पार्टी कार्यकर्ताहरुको भव्य सहभागिता विच सम्पन्न भएको भेलालाई बर्दियाका पार्टी अध्यक्ष प्रेम पोखरेल,सचिब इन्द्र रावल सचिवालय सदस्य बम रावलले सम्बोधन गर्नुभएको थियो । दुर्गा रिमालको सभापतित्वमा भएको कार्यक्रमलाई कर्ण बहादुर शाहिले स्वागत मन्तब्य गर्नुभएको थियो।




















