१) हामीले कत्रो पार्टी बनाउने हो ? असोक राईहरुको भन्दा अलि ठूलो र सिपिहरुको भन्दा अलि सानो खालको मात्रै बन्यो भने ?
२) जुन माओवादी आफैं चिराचिरा परेर ३३ वर्ष एकल नेतृत्व गर्ने प्रचण्ड जसको पार्टीमा उनी विरुद्ध बोल्ने हिम्मत कसैको छैन, त्यो सङ्गको एकता कति समय टिक्ला ?
![]()
३) गठबन्धनले अर्को चुनावमा हामीलाई कति सिट दिने हो ? नेपाली काङ्ग्रेसको जनताले मत देलान् त हामिलाई ? उक्त क्षेत्रमा सोही क्षेत्रको काङ्ग्रेसको नेताले सजिलै ठाउँ छाडिदेलान् त ?
४) कम्युनिस्टहरु बिचको एकता भनेको कस्तो ? सबैभन्दा खरो कम्युनिस्ट त नेपालमा मोहन विक्रम सिंह र वैद्यहरु देखिन्छन् । हिजोको त्यत्रो नेकपा बन्दा त नआएका उनीहरु अब आउलान् ?
५) ओलि नै एमाले र एमाले नै ओलि हो त ? व्यक्ती त आउँछन् - जान्छन् । अब मैदान छाडेर एमालेमा ओलिको स्वेच्छाचारीता सकिन्छ त ?
६) अहिलेसम्म फुटेर गएको पार्टीहरु (माले, काँग्रेस प्रजातान्त्रिक, वैद्य, विप्लव) चलेको ईतिहास छैन । हामी त्यही ईतिहास बन्न गईराखेका त छैनौं ?
७) उपेन्द्र / बाबुराम / प्रचण्डहरुले हिजो जातीय राजनीतिको नारा लगाई रहँदा त्यस विरुद्ध दृढता पुर्वक झलनाथ खनालको नेतृत्वमा हामी उभियाैँ । आज उनीहरुको दृष्टिकोण त्यही छ वा बदलियो ?
८) भविष्य / सम्भावना बोकेका नेताकार्यकर्ताहरुको भोलि बिचल्ली भयो भने व्यवस्थापन कसरी र कता गर्ने हो ?




















