काभ्रे,७ भदौ । नेकपा माओवादी केन्द्र वागमती प्रदेश कमिटी सचिवालय सदस्य दिननाथ गौतमले एमाले अध्यक्ष केपी ओली समाजवादी क्रान्ति विरोधी भएको आरोप लगाएका छन् । तेमाल गाउँपालिका वडा नं. ९ को पार्टी वडा भेलालाई सम्बोधन गर्दै नेता गौतमले उक्त आरोप लगाएका हुन् ।
कार्यक्रममा गौतमले ओली गणतन्त्र र संविधानको विरुद्धमा उभिएकोले पार्टी एकता टुटेको समेत खुलासा गरे । ‘समाजवादी क्रान्ती गर्न बाँकी नै छ । त्यसैले एमाले र माओवादी केन्द्रको एकता जरुरत थियो । देशैभरिका पार्टीं पंक्ति र जनता खुशी थिए ।’ गौतमले भने, ‘केपि ओली समाजवादी क्रान्ति विरोधी भएकोले त्यहाँसम्म जान चाहेनन् ।
ऊ गणतन्त्र र संविधान बिरोधि रहेछन् । त्यसैले एकता टुट्यो ।’ उनले एमाले भित्रको क्रान्तिकारीहरुले ओली र ओली प्रबृत्तिको विरुद्ध विद्रो गरेको बताए । मुलुक माओवादीकै नेतृत्वमा हिंडीरहेको जिकिर गर्दै माओवादी अब एक नम्बरको पार्टी बन्न सक्छ कि सक्दैन भन्ने चुनौती रहेको गौतमले बताए । तेमाल अनलाइन बाट




















