काठमाडौं,८ भदौ । निर्वाचन आयोगले प्रस्तावित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी दर्ताको लागि सनाखत गर्न समय तोकेको छ। बुधबार बिहान ११ः३० बजेदेखि २ बजेसम्म सशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
मंगलवार मन्त्रिपरिषद्बाट सिफारिस भएको राजनीतिक दल सम्बन्धि अध्यादेश बुधवार जारी गरिएको थियो। त्यससँगै माधव नेपाल दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए। बुधवार नयाँ दलको लागि नाम टिपाएका सांसददेखि अन्यलाई सशशरीर उपस्थित हुन आयोगले आग्रह गरेको छ।
राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार दल दर्ताका लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत हुनुपर्छ।माधव कुमार नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी दर्ताका लागि निवेदन दिएका छन्। अध्यादेश अनुसार २० प्रतिशत बनाउन २०३ सदस्यीय एमाले केन्द्रीय सदस्यको ४१ जना पुर्याउनुपर्छ। नेपालले नयाँ दल दर्ताका लागि ५७ केन्द्रीय सदस्यहरुको नामावली निर्वाचन आयोगमा बुझाएका छन्।




















