भोजपुर,८ भदौ । एमालेबाट विद्रोह गरेर माधव नेपालले नयाँ पार्टी दर्ताको प्रक्रिया थालेसँगै तल्लो तहसम्म त्यसको प्रभाव पर्न थालेको छ । नेता / कार्यकर्ताहरू को कता लाग्छन् भन्ने चर्चाका बीच भोजपुरमा प्रस्तावित नेकपा (एकीकृत समाजवादी) सम्बद्ध युवा र विद्यार्थीले कार्यक्रम गरेका छन् ।

239913032_3146770378925237_6222873140640119968_n

सदरमुकाममा आयोजना गरिएको चियापान तथा भेटघाट कार्यक्रममा केही जनप्रतिनिधि र एमालेका जिल्लास्तरीय नेता सहभागी छन् । कार्यक्रममा भोजपुर नगरपालिका उपमेयर ममिता राई, जिल्ला समन्वय समिति सदस्य रमा राई, भोजपुर नगरपालिका-७ की महिला सदस्य राधिका तामाङ्ग उपस्थित छन् ।

239257247_3146770265591915_9156770431788310666_n

एमाले सचिवालय सदस्य वीरजंग राई, प्रदेश कमिटी सदस्य रमेश शाक्य पनि भेलामा सहभागी भएका छन् । युवा संघका अध्यक्ष सन्दीप राई, अनेरास्ववियूका अध्यक्ष धुर्वराज राई, युवाका नेता प्रताप तामाङ लगायतको सभागिता रहेको थियो ।

240714053_904397603809329_869725417793678820_n