स्याङ्जा,१२भदौ । नेकपा (एकीकृत समाजवादी) स्याङ्जाको सचिवालय बैठक शनिबार सम्पन्न भएको छ । आजको बैठकमा नेकपा एमालेमा रहेर जिल्लाका स्थापित भइसकेका नेताहरु समाजवादीमा समाहित भएका छन् । आज भएको जिल्ला कमिटी रुपान्तरण कार्यक्रममा थुप्रै नेता तथा कार्यकर्ता समाजवादीमा समाहित भएको नेताहरुले बताएका छन् ।

आज भएको बैठकले नवगठित पार्टीको सङ्गठन विस्तारका विभिन्न विषयहरुमा छलफल गरेको छ । नवगठित पार्टीको पहिलो जिल्ला बैठकले जिल्लामा पार्टीको स्थिति सकारात्मक रहेको निष्कर्ष निकालेको नेकपा (एकीकृत समाजवादी) स्याङ्जाका प्रचार विभाग प्रमुख तथा उपसचिव टीकाराम नेपालीले बताउनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) को स्याङ्जा जिल्ला कमिटीमा हरिनास गाउँपालिका वडा नं ७ का निर्वाचित वडा सदस्य ऋषिराम लम्साल ‘हरिबोल’ सहित स्थानीय निकायका दर्जनौ जनप्रतिनिधिहरु पार्टीमा समाहित भएको कुरा अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य शिशिर पाैडेलले जानकारि गराउनुभयाे । खबर भण्डारबाट




















