धनगढी,१२ भदौ । नेकपा (एमाले) सुदूूरपश्चिमकी प्रमुुख सचेतक दुुर्गाकुुमारी बिक नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेकी छन्।
एमाले विभाजनसँगै माधव नेपालको नेतृत्वमा गठन गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा आफू रहने बिकले घोषणा गरेकी हुन्। बिक पार्टी विभाजनपछि कुनै पक्षमा पनि खुलेकी थिइनन्।
बिक एमालेका उपाध्यक्ष भीम रावलको गृह जिल्ला अछामबाट समानुुपातिक सांसद हुन्। एमाले जिल्ला कमिटी सदस्यसमेत रहेकी बिकले विगतमा नेता रावलकै कारण नेपाललाई साथ दिंदै आएकोमा अहिले उनले आफूहरुको साथ छाडेको बताइन्।
बिकले एमाले विभाजनका बेला सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिएका १७ जनामध्ये कम्तीमा पनि १३ जना प्रदेशसभा सदस्य नेकपा (एकीकृत समाजवादी) तिर लाग्ने बताइन्।
बिकसँगै अहिलेसम्म आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, पूर्वउद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र प्रदेशसभा सदस्य अमरबहादुर साउँद मात्र एकीकृत समाजवादी पार्टीतिर खुलेका छन्। लोकपाटी बाट




















