भूमिप्रसाद पाठक,

पथरी, भदौ १२ गते । लायन्स क्लब पथरी शनिश्चरेले मातहतका चारवटा क्लबहरुलाई लिएर एकसाथ पदस्थापन तथा पदभार ग्रहण कार्यकम सम्पन्न गरेको छ ।

शनिबार  गोरखा डिपार्टमेण्टको सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा पथरी शनिश्चरे नगर प्रमुख दिलिपकुमार राई र क्रमशः अतिथिहरुमा डिष्ट्रीक गभर्नर लायन रेवतबहादुर कार्की, लायन इन्द्रबहादुर खत्री राजन र लायन लिलाकुमार ढुङ्गेल हुनुहुन्थ्यो भने कार्यक्रममार्फत लायन तुलसीराम ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कानेपोखरी गापाअन्तर्गत क्रियाशील लायन्स क्लब समेतको संयुक्त पदस्थापन तथा पदभार ग्रहण कार्यकम संलग्न चारवटै क्लब र लियो क्लबलाई पदभार र सपथको व्यहोरा डिष्ट्रीक गभर्नर लायन रेवतबहादुर कार्कीले कार्यान्वयन गराउनु भएको थियो । लायन भगवति कटुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममार्फत लायन लिलाकुमार ढुङ्गेल, लायन राजन खत्री, लायन नरनाथ सापकोटाले शुभकामना मन्तव्य सहित सारगर्भित सम्बोधन गर्नुभएको थियो ।

अधिकांश वक्ताहरुले लायन्सको सामाजिक कामको क्षेत्रमा रहेको उल्लेख्य भूमिकाको सराहना सहित यहाँको लायन्स यात्रामा पथरी शनिश्चरे नगरमा पहिलोपटक महिला नेतृत्व पाएकोमा खुशी व्यक्त गर्दै नमुना लायन्स क्षेत्र बन्नुपर्ने शुभेच्छा राख्नुभयो ।

लायन सर्वलाल राईं, लायन लक्ष्मी सुवेदी, लायन उमेश खड्का, लायक उपेन्द्र कँडेल, लायन टीकाप्रसाद दंगाल, लायन गोमा पौडेल, लायन पर्शुराम मिश्र, लायन भगतचन्द्र थपलिया, लायन अर्जुनकुमार बुढाथोकी, लायन केबी गुरुङ, लायन युवराज ओझा, लायन हेमसागर चापागाँइँ, लायन केदार बोहोरा, लायन देवी राईं, लायन मुरारी आचार्य र सामाजिक–राजनीतिक व्यक्तित्व युवराज बास्कोटाको उपस्थिति रहेको कार्यक्रमलाई लायन्स लिडर रोशन बुढाथोकीले धन्यवाद ज्ञापन सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।