चरीकोट,१५ भदौ । दोलखामा गठन भएको नेकपा एमाले माधवकुमार नेपाल समूहको समानान्तर कमिटी नै नेकपा एकीकृत समाजवादी पार्टीमा रुपान्तरण भएको छ ।
भीम प्रसाद दाहालको नेतृत्वमा बनेको सिंगो समानान्तर कमिटी माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित हुने निर्णय गरेको हो । कमिटीका सचिव पोर्ण प्रताप केसीले आज बिज्ञप्ती जारि गर्दै सिंगो कमिटी नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित भएको बताएका छन ।
बिज्ञप्तीमा प्रतिगमन बिरोधि आन्दोलनले एमाले भित्र संगठित गरेको समानान्तर कमिटी भदौ १० गते सदरमुकाम चरीकोटमा बसेको पधादिकारीहरुको बैठकले निर्यगरेको उल्लेख छ । शिव प्रसाद भण्डारीको प्रमुख आतिथ्यमा बसेको बैठकमा प्रदेश कमिटीका सदस्यहरु गोपाल न्यौपाने,भुवनशिह थापा, बाबुराज कार्की ,दिनेश राज शिवाकोटीको उपस्थिती रहेको थियो ।
त्यसैगरी समान्तर कमिटीका अध्यक्ष भीम प्रसाद दाहाल,उपाध्यक्ष भुवन केशी,सचिव पोर्ण प्रताप केसी,उपसचिव घनश्याम रिजाल ,रोचाकुमारी चौलागाई लगायत केहि जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।





















