विराटचोक,१५ भदौ । मोरङको विराटनगर महानगरपालिका पछिको दोस्राे ठुलो नगरपालिका सुन्दरहरैँचाका एमालेका लोकप्रिय नेता चन्द्र बहादुर गुरुङ सुन्दरहरैँचाका नेकपा एकीकृत समाजवादीमा सक्रिय रूपमा लागेका छन् ।

नेता गुरुङ तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि विरुद्धमा लाग्दै आएका उनी नेकपा एकीकृत समाजवादीलाई स्थापित गराउन सक्रिय रूपमा लागेका हुन् । केपी ओली कम्युनिस्ट पार्टीमा लागेपनि उन्नको व्यवहार कम्युनिस्ट जस्तो नभएको र उनी कम्युनिष्ट नै नभएको कुरा गुरुङ बताउँछन् । यतिखेर नेकपा एमाले विभाजन भएपछि नेकपा एमालेमा भएका स्थानीय नेता कार्यकर्ताहरूसँगै हातेमालो गर्दै सङ्गठन निर्माणमा जुटेका छन् ।

1468591_1422193231344202_1768661701_n

उमेरले लगभग ७० बर्ष पुगेका नेता गुरुङ नेकपा एकीकृत समाजवादीमा सक्रिय रूपमा लागेसँगै उनको प्रभावले त्यहाँ सङ्गठन बलियो हुने चर्चा चल्ने गरेको छ । कतिपय स्थानीय जनताहरू पार्टी भन्दापनि उनको व्यक्तित्वबाट प्रभावित हुने गरेका छन् । भूमिगत कालमा लामो समय जेलजीवन बिताएका गुरुङ पंचायत कालमा तत्कालिन इन्द्रपुर गाउँ पञ्चायतको जनपक्षीय उम्मदेवार भई प्रधानपन्चमा निर्वाचित भएका थिए । त्यतिखेर उनी पञ्चायती साशकहररूको निशानामा परे । उनलाई धाक धम्की प्रशस्तै नआएको भने होइन ।

त्यतिखेर अन्चालाधीशले गुरुङजी जनपक्षीय भन्ने कुरा छोड्नुस् भन्दा उनले प्रति उत्तर दिदै भने " जबसम्म मेरो छातीमा दुई थोपा रगत रहन्छ तब सम्म म जनपक्षीय भन्न छोडदिनँ" त्यतिखेर कम्युनिस्ट भन्ने बित्तिकै गरिबहरूको हित गर्ने ,कसैमाथि अन्याय अत्याचार गर्दा अन्यायका बिरुद्द लडने पार्टी हो भन्ने बुझेका जनताले वास्तवमै त्यो व्यवहार उनि बाट पाएका थिए ।

अनि भन्ने गर्थे स्थानीय गरिब दु:खी जनताहरू चन्द्र गुरुङ भएन भने हाम्रो लागि कसले लड़छ ? वास्तवमा पनि हो गुरुङको निडर र हक्की स्वभावले गर्दा स्थानीय जनताहर उनलाई अझै पनि आफ्नाे सहयाेगी र संरक्षक मान्दछन् । नेता गुरुङको व्यक्तित्वको प्रभावले गर्दा अहिले पार्टी विभाजन भएसँगै उनी जुन पार्टीमा लाग्छन् त्यहाँ राम्रो पकड हुने अनुमान गर्दछन् भने अहिले केपी ओलीले कम्युनिस्ट पार्टीलाई धराशायी पारेको उनको गुनासो छ ।