काठमाडौं, २४ भदौं । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा पुर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सुभकामना ब्याक्त गरेका छन् । नेता खनालले आज सामाजिक सञ्जाल फेसबुक मार्फत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली महिला दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै सुभकामना संदेश दिएका हुन् ।

नेता खनालले नेपाल एक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो र यहाँ विभिन्न सम्प्रदायका मानिसहरुले आफ्नो चाड पर्वहरूलाई संरक्षण गर्नको लागि आफ्नै मौलिक संस्कृति र परम्परा अनुसार मनाउँदै आएको कुरा ब्याक्त गरेका छन । हरितालिका तीज २०७८ का अवसरमा शुभकामना सन्देश दिँदै हरितालीका तिज पनि नेपाली दिदीबहिनीहरुले परम्परागत रुपमा मनाउँदै आएको एउटा महत्वपूर्ण पर्व भएको बताए ।

उनले यस्ता खालका चाडपर्वले हाम्रा परम्परागत मौलिक संस्कृतिहरुको जगेर्ना गर्ने बताए । साथै एकआपसमा पारस्पारिक सम्मान, सहिष्णुता, सद्भाव सहितको एकतालाई अझ बलियो हुनेगरी स्थापित गर्नेछ भन्ने विश्वास लागेको कुरा व्यक्त गरे ।