धनकुटा,३० भदौ । नेकपा एकिकृत समाजवादीको ५४ सदस्यीय पाख्रीवास नगरपालीका को नगर कमिटी गठन भएको छ । आज धनकुटाको पाख्रीवासमा भएको अगुवा कार्यकर्ताको भेलाले सोवित निरौलाको अध्यक्षमा कमिटी नगर गठन गरेको हो । पार्टीको विधानत: ५१ सदस्यीय नगर कमिटी हुनुपर्ने भएपनि ३ जना वैकल्पिक सदस्य रहने गरि नेकपा (एस) ले ५४ सदस्यीय नगर कमिटी गठन जिल्ल्ला कमिटी अध्यक्ष अर्जुन राईले जानकारी दिए ।

241893811_4698260340185379_9130447665316561346_n (2)

यसअघि गत साउन १७ गते नगरमा एमालेको समानान्तर कमिटी गठन गरिएकोमा आज विस्तारित बैठक वसी त्यसैलाई नेकपा (एस) को नगर कमिटीमा रुपान्तरण गरिएको हो । बैठकले चाडै युवा संघ,अनेम संघ र किसान संघको पनि कमिटी गठन गरीने नव गठित कमिटीका अध्यक्ष सोवित निरौलाले बताए ।

नेकपा (एस) जिल्ला ईञ्चार्ज तथा प्रदेश कमिटी सदस्य धर्मराज पौडेलको प्रमुख आतिथ्यमा बसेको बैठकले कोरोना माहामारी नियन्त्रणलाई सघाउ पुर्याउने लक्षका साथ पार्टीका नेतृ तथा सांसद रामकुमारी झाक्रीको पहलमा जिल्लाको विभिन्न स्थानिय तहका लागि अक्सिजन कन्र्सनट्रेटर,थर्मलगन लगायत ४४ लाख बराबरको स्वास्थ्य सामाग्री प्राप्त भएकोले लाई लाई धन्यवाद ज्ञापन गर्ने लगायतको निर्णय समेत गरिएको पार्टीका नगर कमिटी अध्यक्ष तथा ४ नं वडाध्यक्ष सोवित निरौलाले जानकारी दिए ।

सोही अवसरमा नेकपा (एस) का जिल्ला कमिटी सचिव खगेन्द्र सुवेदी,पार्टीका संखुवासभा जिल्ला सदस्य एव्म युवा संघ केन्द्रिय सदस्य मिथुन भोटे लगायतको उपस्थितिमा पार्टी कार्यालयको समुद्घाटन समेत गरिएको नगर कमिटीले जनाएको छ ।

241852880_906003810324623_5129612847593316767_n (2)