बेलबारी,११ असोज । नेकपा (एस) निकट युवा संघ नेपाल केन्द्रीय सदस्य एवं नेता चरण गुरुङले सयौ भुस्याहा कुकुर भन्दा एउटा बाघ नै सामर्थ्यकाे मैदानमा लड्न काफी हुने कुरा बताएका छन । शुक्रवार युवा संघ बेलबारी नगर कमिटीका युवाहरु संगको छलफलमा नेता गुरुङले भर्खरै निर्माण भएकाे नेकपा (एस) मा केही थोरै संख्या भए पनी सवै भुस्याहा कुकुर जस्तो नभई बाघहरु रहेको बताए ।

नेता गुरुङले नेकपा (एस)ले धेरै भन्दा धेरै युवाहरुलाई अवसर दिएको हुदा धेरै युवाहरुको आकर्षण बढेको बताए । अन्य दलका युवाहरुको संख्या रित्याउदै जाने अभियानमा लागेको उनले बताए । यतीखेर यो पार्टीमा युवाहरुलाई काम गरेर देखाउने राम्रो अवसर मिलेको छ।त्यसैले पार्टीलाई बलियो बनाउन लागीपरेको बताए । यो पार्टीमा लागेपछी सच्चा कम्युनिष्टपनको महसुश हुने खालको बातावरण बनाउने उनले बताए ।

यतीखेर उत्तरी मोरङका युवाहरुलाई संगठित गर्ने उदेश्यका साथ अभीयानमा खटीएका गुरुङ युवाहरु माझ आकर्षणकाे पात्रको रुपमा स्थापीत छन ।चरण गुरुङको सदत्यवादी यात्रामा स्वार्थहिन युवा जत्थाकाे राम्राे समर्थन दिनानुदिन बढ्दै गएकाे सुखदअवस्था छ।