काठमाण्डौं,११ असोज । बिश्वकीतिमानी ब्यक्तित्व तथा लेखक डा डिआर उपाध्यायले नेपालको राजनीतिमा अझै धुब्रिकरण बढने बताएका छन । उनले नेपालको राजनीति सहि गतिमा अघि बढन नसकेकोमा चिन्ता समेत ब्यक्त गरे ।
उनले भने, ‘देशको राजनीति सहि गतिमा अघि बढन सकेको छैन । न सरकारले पूर्णता पाएको छ । न दलहरु बीच सहमति जुटेको छ । यसरी देशको राजनीति अघि बढन सक्दैन । राजनीति दल र तिनका नेताहरु नै देश र जनता प्रति गम्भिर हुन सकेनन् । सरकारले पूर्णता पाउन नसक्दा थुप्रै प्रशासनिक काम रोकीएका छन । मन्त्रालयको भागबण्डा नमिल्दा सत्त्तारुढ दलहरुका बीच सहमति जुटन सकेको छैन । यो नै देशको प्रमुख समस्या हो ।”
डा. उपाध्यायले नेकपा एमालेमा देखिएको पछिल्लो बिवादका बिषयमा समेत टिप्पणी गरे । उनले दश बुँदे सहमति एमाले अध्यक्ष केपी शर्मा ओलीले सजिलै कार्यान्वयन नगर्ने र भिम रावल लगायतका नेताहरु पेलिएर बस्नु पर्ने या बिद्रोह गर्नु पर्ने अबस्था आउने बताए । उनले भने ,’पाटी फुटाउन सूरुमा माधब नेपाललाई उचाल्ने यीनै नेता हुन । जव माधब नेपालले पार्टी फुटाउने अन्तिम निर्णय लिएका थिए त्यस बेला भिम रावल लगायतका नेताहरुले नेपाललाई धोका दिएर ओलीतिर लागे । भिम रावल लगायतका नेताहरुको बिचल्लि हुने संकेत देखिएको छ ।”
अब प्रचण्ड, बाबुराम, बिप्लव, बैद्य देखि माधब नेपालको पार्टी सम्म मिलेर जान सक्ने सम्भावना समेत रहेको उनले बताए । आगामी चुनाब अघि नै त्यो स्थिती निर्माण हुन सक्ने उनले बताए । एमाले आफ्नै कारणले कमजोर बन्दै जाने र माधब नेपालको नेतृत्वमा रहेको नेकपा एकिकृत समाजवादी पार्टी बलियो बन्दै जाने सम्भावना समेत रहेको उपाध्यायले बताए । राजनीतिमा कति खेर के हुन्छ ठोकेर भन्नै नसकिने तर केही कुरा अडकल गर्न भने सकिने उनले बताए । अब आउँदो चुनावमा कुनै पार्टीको स्पस्ट बहुमत नआउँने समेत उनले ठोकुवा गरे । आँउदो चुनावमा दलहरु बीच मोर्चाबन्दी हुन सक्ने उनले बताए । सत्ता स्वार्थकै कारण मधेश केन्द्रित दलहरु पनि सकिने उनले बताए ।




















