मोरङ,१३ असोज । मोरङको कानेपोखरी गाउँपालिकाका ४७ जना नेकपा एमाले परित्यागगरी माओवादीकेन्द्रमा प्रवेश गरेका छन । मंगलबार नेकपा (माओवादी केन्द्र) कानेपोखरी गाउँ कमिटीको बिस्तारित बैठकबाट नेकपा एमालेकी नेत्री प्रमिला मगर,अनिता हेमरम र प्रकाश धिमालको नेतृत्वमा ४७ जना माओवादी केन्द्र मा प्रवेश गरेका हुन ।

त्यसैगरी लिम्बुवानका वडा नं ६ का उपाध्यक्ष सहित ७० जना युवा माओवादीकेन्द्रमा प्रवेश गरेको माओवादी कानेपोखरीका संयोजक मनोज राजबंशीले जानकारी दिए । । नव प्रवेशिहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य मोरङ इन्चार्ज गोपि अछामी स्वागत गरेका थिए ।

कार्यक्रममा जिल्ला सह इन्चार्ज प्रदेश सांसद कुल प्रसाद सम्बा (कुशल) ,मोरङ पार्टी संयोजक गणेश उप्रेती (शुशिल),संविधान सभा सदस्य तथा प्रदेश सदस्य लाल बहादुर सुस्लिङ मगर(सबिन),दिपक भट्टराई ,प्रदेश सदस्य गिता तिम्सिना,पार्टी इन्चार्ज राजेन्द्र मण्डल,सह इन्चार्ज अम्बिका अर्याल,प्रदेश सल्लाहकार सदस्य दोय खुल्लु राजबंशी ,सुर्य धिमाल ,वाइसीएल मोरङ जिल्ला सचिव नबिन गुरुङ लगायतको आतिथ्य रहेको थियो ।

बैठकले मनोज राजबंशी को नेतृत्व मा ७५ सदस्यीय नेकपा (माओवादी केन्द्र) कानेपोखरी गाउँ पालिका सम्मेलन आयोजक समिति गठन गरेको छ ।