पाँचथर,१६ असोज । पाँचथर स्थित फाल्गुनन्द गाउँपालिका वडा न. १ मा नेकपा एमाले शुन्य भएको छ । नेकपा (एमाले)मा आवद्द सवै जनाले नेकपा (एकीकृत समाजवादी)मा समाहित भए पछि एमाले शुन्य भएको हो । सो वडामा एमालेमा ८७ जनाको संगठित संख्यामा रहेकोमा सवै जना नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको युवा नेता राजेन्द्र आङ्गदेम्बेले जानकारी दिए ।

नेकपा (एकीकृत समाजवादी)को आज भएको करिब २०० जना भन्दा बढी सहभागी अगुवा कार्यकर्ताहरुको भेलाले रामबहादुर नेम्बाङ्गको अध्यक्षतामा २३ सदस्यीय वडा कमिटी गठन गरेको छ । सो भेलामा नेकपा (एकीकृत समाजवादी) केन्द्रिय सदस्य तथा प्रदेश माननीय गणेश कुमार काम्बाङ्गको प्रमुख आतिथ्यता र नेकपा (एकीकृत समाजवादी) पाँचथर अध्यक्ष कमल प्रसाद जबेगुको विशेष आतिथ्यता रहेको थियो ।




















