तनहुँ,१९ । राष्टिय युवा संघ नेपालका केन्द्रिय सदस्य समेत रहेका भानु नगरपलिका र बन्दिपुर गाउपालिकाका इन्चार्ज नवराज साहि ठकुरीको संयोजत्वमा जिल्ला कमिटि सद्स्य सहित सयौ कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका छन ।

नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादि तनहुँ भानु नगर कमिटिद्वारा आयोजित बृहत् कार्यकर्ता भेला कार्यक्रममा नेकपा एमाले छाडेर १५० जना नेता तथा कार्यकर्ता एकिकृत समाजवादिमा प्रवेश गरेका हुन ।

262962760_4561679593925088_1459806816431913620_n

उक्त भेलामा हजारौंको संख्यामा उपस्तिथि रहेको थियो । एमालेले एकीकृत समाजवादीको कार्यक्रम बिथोल्न सोही ठाउँमा कार्यक्रम आयोजना गरेका थिए । त्यसबखत एमालेको कार्यक्रम रित्तो भएको थियो ।

एमाले पार्टी परित्याग गरि एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुलाई कार्यक्रमका प्रमुख अतिथि माननीय किसान श्रेष्ठले खादा र टीका लगाएका थिए । सो कार्यक्रममा युवा संघका केन्द्रिय सदस्य एंव सर्लाही-काठमाडौ सम्पर्क मञ्चका उपाध्यक्ष भुवन बिक्रम पाण्डेको उपस्थिती रहेको थियो ।

भुवन विक्रम पाण्डे नवराज साहिसंग पुरानो चिनजान भएकोले यस समाजवादिमा पहल गर्न काठमाडौंबाट एक दिन अगावै तनहुँ पुगेका थिए । पाण्डे मन्त्रि किशन श्रेठको नजिक मानिन्छ।