काठमाडौं, १४ फागुन ।नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमतिको अन्तिम प्रयास भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवा यू टर्न भएका छन । एमसीसी पारित गराउन एमालेको साथ खोजेका प्रधानमन्त्री देउवाले गठबन्धन जोगाउने गरी एमसीसी पारित गराउन यू टर्न भएका हुन ।

देउवाले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग नै सहकार्यलाई निरन्तरता दिने निष्कर्ष निकालेका हुन् । एमसीसी संसद पारित गराउन देउवाले सबै विकल्पमा छलफल गरेका थिए । तर अहिलेकै गठबन्धन कायम राखेर एमसीसी पारित हुने भएपछि एमालेसँग तत्काल सहकार्य नगर्ने निष्कर्ष देउवाले निकालेका हुन ।

देउवाले एमसीसी पारित गराउन प्रचण्ड र माधव नेपालसँग लिखित प्रतिबद्धता मागेका थिए कांग्रेस र एमालेबीचको सहकार्य जसरी पनि रोक्ने रणनीति लिएका प्रचण्ड र माधव अन्ततः देउवाले भनेअनुसार अघि बढ्न तयार देखिएका छन् । यद्यपी अहिले नै नयाँ सहमतिको निष्कर्ष आएको छैन । जनता टाइम्सबाट