केराबारी,२६ फागुन । नेकपा (एमाले) निकट युवा संघ केराबारीले आग लागी पिडित परिवारलाइ राहत वितरण गरेको छ । आगलागीमा परेका पिडित मोरङको केराबारी ३ स्थित फुलबारी निवासी उदय विकको परिवारलाइ बिहिबार राहत वितरण गरेको हो ।
गत फागुन २४ गते १० बजे रातीको समयमा अचानक बिधुत सर्ट भइ घरमा आग लागी हुदा पडित बिकको सम्पूर्ण धनमाल जलेर नष्ट भएको थियो ।
पिडित परिवारलाइ राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्य सुमन मिरिङचिङ मगरको नेतृत्वमा गएको टोलीले राहत स्वरुप खाध्यन्न तथा लत्ता कपडा सहयोग गरेको छ । दुखको यस घडीमा मलहम लगाउने उद्देश्यका साथ अझ थप सहयोगको प्रतिबद्धता समेत ब्यक्त गरिएको युवा नेता बिवेक भुजेलले बताए ।




















