काठमाडौं,२३फागुन । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवास नेम्वाङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटबार्ता गर्नुभएको छ ।
नेम्वाङले सोमबार बिहान पशुपतिनाथ मन्दिरको दर्शनपछि कांग्रेस सभापति देउवालाई भेटनु भएको हो । भेटमा देउवालाई आफू राष्ट्रपतिको उम्मेदवार रहेको जानकारी गराएका थिए।
देउवासँगको भेटमा देउवा पत्नी आरजु देउवा पनि सहभागी हुनुभएको थियो । भेटमा समसायिक राजनीतिक घटनाक्रमका साथै राष्ट्रपति निर्वाचनका विषयमा छलफलल भएको थियो।
नेम्वाङले आफू राष्ट्रपति उम्मेदवार रहेको देउवालाई जानकारी गराउँदा देउवाले नेम्वाङ राष्ट्रपतिका लागि राम्रो उम्मेदवार भए पनि नेपाली कांग्रेसले आफ्नै उम्मेदवार उठाएको बताउनु भएको छ ।
आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनमा नेकपा एमालेबाट एमाले संसदीय दलको उपनेता तथा पार्टी उपाध्यक्ष नेम्वाङ र नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार हुनुहुन्छ ।




















