पथरी शनिश्चरे, १६ चैत । मोरङको पथरी शनिश्चरे ७ नम्बर वडा कार्यालयले लक्षित कार्यक्रम अन्तर्गत वडाका ज्येष्ठ नागरिक, अपाङ्गता भएका, दलित र एकल महिला सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

277169141_279464314363354_2952277404392229662_n

कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राईले लक्षित समुदायको उत्थान र सम्मानका लागि नगरपालिका सधैं तत्पर रहेको बताउनु भएको छ । उहाँको अगुवाईमा वडाध्यक्ष कपिलमणि ढकाल, कार्यपालिका सदस्य मैनाकुमारी राई लिम्बू, वडा सदस्य काँशीराज राई, विर्खबहादुर राई (विरोज) सहितले वडाका ज्येष्ठ नागरिक, अपाङ्गता भएका, दलित र एकल महिलालाई उपहार सामग्री सहित सम्मानित गर्नुभयो ।

७० हजारका दरले ज्येष्ठ नागरिक, अपाङ्गता भएका, दलित र एकल महिला शिर्षकको कुल २ लाख ८० हजार रुपैयाँको बजेटमा ३ सय ५० जनालाई काँशको लोहोटा सहितका सामग्रीबाट सम्मानित गरिएको वडा सचिव सरोज भट्टराईले जनाउनु भयो ।