पथरी,२३ चैत । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री भनुभक्त ढकालले मोरङको पथरीशनिश्चरे–८ मा अवस्थीत किरात भाषा लिपी पाठशाला एवम् सामुदायिक भवनको उद्घाटन गरेका छन । किरात फागुनन्द युमा माङ्हिमले मंगलबार आयोजना गरेको वार्षिक चोमेन सेवा (उभौली सेवा)को अवसर पारेर सो भवनको उद्घाटन गरिएको हो ।
मोरङ क्षेत्र ३ बाट प्रतिनिधी सभा सदस्य समेत रहेका ढकालले ‘भाषा, धर्म, संकार र संस्कृति कसैको पेवा हुँदैन । यो हाम्रो साझा सम्पत्ति भएको बताए ।’ ढकालले आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दै उभौली सेवाको शुभकाना दिए ।

भवनको उद्घाटन कार्यक्रममा युवा नेता नबिन कार्कीलाई किरात फागुनन्द युमा माङ्हिमले सम्मान गरेको छ । कार्कीले द्वन्द्वकालदेखि दर्ता खारेजी भई १६ वर्षसम्म निष्किृय रहेको माङ्हिमलाई पुनः दर्ता गराई सञ्चालनमा ल्याउन महत्वपूर्ण भूमिका निर्भाह गरेको भन्दै सम्मान गरेको थियो । कार्कीले माननीय पूर्वमन्त्री भनुभक्त ढकाल साँस्कृतिक तथा पर्यटन मन्त्री हुदाको अवस्थामा लिम्बु भाषाको अध्ययन अध्यापन गराउने बिद्यालको भवन निर्माण गर्न पहल गरेका थिए । सो बेला भवन निर्माणका लागि रु. १० लाख रुपौंया विनियोजन भएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि पथरी शनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राई र उपप्रमुख यामुना बिष्ट बास्तोला, अतिथिहरु वडा नम्बर ८ का अध्यक्ष बाबुराम दाहाल, वडा नम्बर ६ का अध्यक्ष जयबहादुर तामाङ, पथरी बहुमुखी क्याम्पसका अध्यक्ष तथा समाजसेवी रामकुमार बस्नेत, उद्योग वाणिज्य संघ पथरीका अध्यक्ष तथा समाजसेवी धनकुमार तामाङ, युवा नेता तथा सामाजिक व्यक्तित्व नबिन कार्की, पर्शुराम मिश्र, बिजय डाँगी, प्रकाश कार्की, किरात धर्म साहित्य तथा उत्थान समिति जिल्ला अध्यक्ष रामकुमार कुरुङ्बाङ, धार्मिक सन्जालका धर्मराज खजुम लगायतको उपस्तिथि रहेको थियो ।

किरात फाल्गुनन्द युमा माङ्हिमका अध्यक्ष थोप्राले कार्यक्रमका प्रमुख अतिथि सांसद भानुभक्त ढकाल र युवा नेता नबिन कार्कीलाई धन्यवाद प्रदान गरेका थिए । किरात फाल्गुनन्द युमा माङ्हिमका अध्यक्ष शुकबहादुर थोप्राको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई सञ्जय चोबेगुले संचालन गरेको थिए ।




















