काठमाडौं,६ असार । नेकपा एमालेबाट अलग भएर बसेका कम्युनिस्ट नेता वामदेव गौतमले ‘नेकपा एकता राष्ट्रिय अभियान’को दोस्रो भेला बोलाएका छन् । नेकपा विभाजनपछि झण्डै एक वर्षअघि पहिलो भेला गरेका गौतमले आगामी असार ११ गते दोस्रो भेला बेलाएको जानकारी दिए ।
वामपन्थी एकताका लागि पहल गर्दै आएका गौतम तत्कालीन नेकपा विभाजन हुँदा एमाले– माओवादी कतैपनि लागेका थिएनन् । त्यसबेला उनले स्वतन्त्र बस्ने भन्दै नेकपा विभाजनको केही समयपछि ‘नेकपा एकता राष्ट्रिय अभियान’ नामक भेला डाकेका थिए ।
राष्ट्रियसभा सदस्य समेत रहेका गौतमले ११ गतेको भेलामा करिव डेढसय जनाको उपस्थिति हुने बताए । भेला ललितपुरको एक पार्टी प्यालेसमा बोलाएको गौतमको भनाइ छ ।
रातोपाटी बाट


