झापा,३ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ़ु कहाँ बाट उठ्ने भन्ने कुराको टुंगो लागिनसकेको कुरा बताउनु भएको छ।

गृहजिल्ला झापा बसाईका क्रममा रहनुभएका पूर्व प्रधानमन्त्री ओलीले गौरादहमा शुक्रबार भएको अगुवा कार्यकर्ता भेलालाई संवोधन गर्दै यस्तो कुरा बताउनु भएको हो ।

मंसिर चार गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आफु कहाँ बाट उठ्ने वारेमा पार्टीले फैसला नगरेको हुदाँ त्यस्तो कुरा भन्न नमिल्ने उहाँले बताउनु भयो । तर पार्टीका नेता कार्यकर्ताको इच्छा झापाको क्षेत्र नम्बर ५ बाटै उठ्नु पर्छ भन्ने चाहना रहेको बताउदा कार्यक्रम स्थलमा रहेका कार्यकर्ताहरुले तालिबजाएर खुशी व्यक्त गरेका थिए ।

संवोधनकै क्रममा अध्यक्ष ओलिले जहाँ सम्म पार्टीले आफुलाई यहि क्षेत्रबाट उठ भन्छ होला जस्तो लाग्छ सायद त्यहीकुरा हुन्छ" उहाँले भन्नु भयो । 

ओलीले भन्नु भयो "म उम्मेदवार तपाइँहरुको घरदैलो कार्यक्रममा आउन भ्याउदिन यहाँको घरदैलो भन्दा देश गर्न ठिक छ ' अरु तिरबाट भोट बढाउनु ठिक छ । मेरो प्रतिनिधी हरेकघर हरेक दैलोमा छन् " भन्नु भयो ।