काठमाडौं । पर्वतको कुश्मा नगरपालिका वडा न ८ साविकको चुवा ४ बस्ने श्री गणेश भुवाजीकि १४ वर्षिय छोरी सुस्मिता शर्मा लामो समय देखि बोन म्यारो क्यान्सर रोग बाट पीडित छन् । उनको हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार भईरहेको छ । शर्माको पारिवारीक अवस्था आर्थिक रुपमा कमजोर भएको हुँदा उपचारमा समस्या भइरहेको छ । यो बीचमा उनको उपचारको लागि सहयोग रकम जुट्ने क्रम जारि रहेको छ । यसै क्रममा देश विकासको लागि युवाहरुले गरे के हुदैन् भन्दै सञ्चालन आएको ‘हाम्रो पर्बत’ फेसबुक ग्रुपले सामाजिक संजाल बाट बहिनी सुस्मिताको उपचारका लागि रकम संकलन गरेको छ ।

उनको स्वास्थ लाभका लागि विश्वका कुनाकुनामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका हुन् । अमेरिका , मलेसीया, कतार र काठमाडौंबाट रु ४५,१५५ सहयोग सामाजिक संजालमार्फत जम्मा गरिएको हो । उक्त सहयोग रकम यस ग्रुपकी एडमिन सोभा सुबेदी सँगैको समुहले सुस्मिता शर्माको घरमा नै गएर उनका बुवा श्री गणेश भुवाजीकि लाई हस्तारण गरेको छ । सम्पूर्णले बहिनी सुस्मिताको स्वास्थ लाभ को कामना व्यक्त गरेका छन् । यदी तपाई पनि बहिनीको उपचारमा सहयोग गर्न चाहानुहुन्छ भने गर्न सक्नुहुन्छ । सबै सहयोगी मनहरुसम्म पुर्याउनको लागि सेयर गर्नुहोला ।