विराटचोक,१३ फागुन । नेकपा (एमाले) निकट नेपाल राष्ट्रिय उधोग व्यवसाय महासंघ मोरङ जिल्ला कमिटीको तेश्रो पूर्ण बैठक सम्पन्न भएको छ ।  बेलबारीको पर्यटकीय क्षेत्र बेतना सिमसारमा शनिवार  बसेको बैठकले  बिभिन्न निर्णयहरु गरेको छ । 

जिल्ला कमिटी अध्यक्ष डिल्ली प्रसाद ढकालको अध्यक्षता बसेको बैठकले फागुन २७ गते जिल्लाका सबै पालिकाहरुमा एकै दिन अधिवेशन गर्ने निर्णयहरु गरेको छ । त्यसैगरी बैठकले चैत्र १८ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । जिल्ला अधिवेशन गर्ने स्थानको बारेमा जिल्ला कमिटीको सचिवालय बैठकले तय गर्ने अध्यक्ष ढकालले जानकारी दिए । 

बैठकमा विशिष्ट अतिथि रहेका महासंघका स्थायी कमिटी सदस्य माधवराज थापाले केन्द्रको सर्कुलर  अनुसार निर्देशन गरेका थिए । बैठकमा विशेष अतिथि नेकपा एमालेका केन्द्रिय विभाग सदस्य बद्री अर्याल एमाले मोरङ जिल्ला कमिटी सचिवालय सदस्य तथा जन संगठन समन्वय संयन्त्र प्रमुख रविन थापा,पार्टी जिल्ला कमिटी सदस्य एवं महासंघ प्रमुख अन्जु उपाध्याय लगायतले मन्त्यव्य राखेका थिए ।

त्यसैगरी बैठकमा महासंघका केन्द्रिय सदस्य तथा मोरङ इञ्चार्ज चेतनाथ निरौला,केन्द्रिय सदस्यहरु अरुण राठी,राजन प्रसाई अनेरास्ववियु १ न. प्रदेश कमिटी सदस्य लक्ष्मीभक्त पोखरेल लगायतको आतिथ्यता रहेको थियो ।

बैठकमा जिल्ला कमिटीका उपाध्यक्ष रंजन शर्माले सवागत मन्तब्य गरेका थिए भने महासंघकी जिल्ला सचिव सम्झना आचार्यले कार्यक्रम सञ्चालन गरेकी थिईन । बैठक औपचारीक रुपमा सम्पन्न भएपछि बनभोजको  कार्यक्रम सुरु गरिएको थियो ।