- भगवती अर्याल
विराटचोक,१९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरणतथा विस्तार) अभियान लाई सफल बनाउन मोरङको मिक्लाजुङ गाउँ पालिका कमिटीको बैठकले बिभिन्न निर्णयहरु गरेको छ । पालिका कमिटीका सम्पूर्ण पादधिकारी तथा सदस्यहरु, वडाकमिटीका अध्यक्ष, सचिव, जनवर्गिय संगठनका प्रमुख लगायतकाे सहभागितामा बिहिबार मधुमल्लामा बैठक बसेको हो ।
बैठकमा अभियानका केन्द्रिय प्रतिनिधि पार्टी पाेलिटव्यूराे सदस्य जीतु गाैतमले सबै भन्दा पहिलो काम पार्टी संगठित सदस्यहरुको रेकर्डलाई व्यवस्थित गराने कुरा बताउनु भयो । कार्यक्रममा बोल्दै नेता गौतमले स्थानिय समस्याहरुलाई समेत उजागर गर्दै राष्ट्रिय मुद्दाहरु सँग जोड्ने र यहाँको पार्टी कामलाई व्यस्थित गर्ने र अन्य योजनाहरु बनाउने कुरा बताउनु भयो ।
यो पनि पद्मोनुहोस - रङमा एमालेको पार्टी सदस्य नविकरणको शुभारम्भ
बैठकले गाउँ पालिका स्तरिय अभिमुखीकरण कार्यक्रम एवं फागुन २१ सहिद दिवस कार्यक्रम गर्न विशेष योजना तयार पारेको छ ।
फागुन २२ गते देखि २०८० बैसाख ५ गते सम्म मिक्लाजुङ गाउँ पालिकाको नौ वटै वडामा १०-१५ जनाको दरले झण्डै १५० जनाको पार्टी शिविर अभियान चलाउने, मिक्लाजुङमा रहनु हुने पार्टी जिल्ला कमिटीका सदस्यहरु,गाउँ पार्टी कमिटीका सबै सदस्यहरु,९ वटै पार्टी वडा कमिटीका पदाधिकारीहरु,जनवर्गीय संगठनका केन्द्र ,प्रदेश,जिल्ला कमिटीमा प्रतिनिधित्व गर्नु हुने र गाउँ कमिटीका पदाधिकारीको सहभागीता रहने गरि अभिमुखीकरण कार्यक्रम आयोजना गरी सबै जनताको बिचमा पुग्ने,फागुन २१ सहिद दिवस, फागुन २४(8 मार्च) नारी दिवस सहित २ महिने मिसन ग्रासरुट अभियान ब्यवस्थित रुपले सम्पन्न गर्न आर्थिक ब्यवस्थापनका लागि योजना निर्माण गरेको छ।
त्यसैगरी २० वटा जनवर्गीय संगठनका गाउँ कमिटीको सम्मेलन आयोजना गर्न पार्टी जिल्ला तथा गाउँ कमिटीका पदाधिकारीलाई जिम्मेवारी तोकेको छ। फागुन २१ सहिद दिवस, फागुन २४(8 मार्च) नारी दिवस सहित २ महिने मिसन ग्रासरुट अभियान ब्यवस्थित रुपले सम्पन्न गर्न आर्थिक ब्यवस्थापनका लागि योजना निर्माण गरेको छ।
अभियानलाई सफल बनाउन पार्टीले जिम्मेवारी तोकेको केन्द्रिय प्रतिनिधि पार्टी पाेलिटव्यूराे सदस्य जीतु गाैतम,केन्द्रिय अनुशासन आयोगकी सदस्य लक्ष्मी भण्डारी देखि बाहेक प्रदेशका अन्य नेताहरु अभियानमा सहभागी नभएकोमा जिल्ला कमिटी सदस्य सरला राइले गुनासो पोख्नु भयो । अभियानमा पार्टीले कोशी प्रदेश कमिटीबाट खटाइएका प्रदेश कमिटी सदस्यहरु पूर्ण पाख्रीन र दयाराम भट्टराई अभियानको क्रममा सम्पर्कमा नरहेको बैठकले जनाएको छ ।
बैठकमा केन्द्रिय अनुशासन आयोगकी सदस्य लक्ष्मी भण्डारी कोशी प्रदेश कमिटी सदस्य रामकृष्ण राई,जील्ला कमिटी सचिवालय सदस्य तथा मिक्लाजुङका इञ्चार्ज नरेन्द्र ढुंगेल सदस्यहरु लगायतको आतिथ्यता रहेको थियो । डिल्ली खतिवडा देवीप्रसाद आचार्य,सरला राई,निर्मला राई,मेघनाथ घिमिरे लगायतको उपस्थिती रहेको थियो ।




















