सिमरा,२९ फागुन । नेकपा एमाले जितपुर सिमरा उपमहानगर कमिटीको बैठक सिमरा सम्पन्न भएको छ । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्व मन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

प्रमुख अतिथि पौडेलले माओवादीका कारण देश दुर्घटनामा  पर्न लागेको बताउनुभयो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  ढुलमुले नीति लिएको उल्लेख गर्दै नयाँ बनेको गठबन्धन ठगबन्धन भएको उहाँको धारणा रहेको छ । पार्टी कार्यकर्ताको एकताले नै यस्ता गठबंधन परास्त गर्ने पारिने उहाँको भनाइ थियो ।

यस्तै नगरपालिकाको  वडा नम्बर १६ को भेला तथा प्रशिक्षण कार्यक्रम पनि सम्पन्न भएको छ । कार्यक्रमका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि अरविन्द सिंहले मिसन ग्रासरुट अभियानको बारेमा प्रष्ट पार्नुभएको थियो ।वडा नम्बर १६ वडा  अध्यक्ष हरिदेव खरेलको अध्यक्षतामा सम्पन्न भएको  कार्यक्रममा प्रदेश कमिटी सदस्य मनोज पौडेल, किशोर शर्मा,राधेश्याम सिवाकोटी,चयन गुरुङ,जिल्ला कमिटी सचिवालय सदस्यहरु अनिल मैनाली,रमेश सापकोटा सिमा ठकुरी लगायतले धारणा राख्नुभएको थियो ।

रौतहट जिल्लाका विभिन्न पालिकाहरुमा  कमिटीहरु  गठन

मिसन ग्रासरुट अभियान अन्तर्गत रौतहट जिल्लाका विभिन्न पालिकाहरुमा  कमिटीहरु  गठन भएका छन् । केन्द्रिय प्रतिनिधि तथा पार्टीका पोलिटब्युरो सदस्य एवम् पूर्व मन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यता र केन्द्रिय सदस्य  प्रभु हजारा दुसादको उपस्थितीमा कमिटीहरु  गठन भएको हो । गौर नगरपालिकामा भैरव पटेलको संयोजकत्वमा ४५ सदस्यीय नगर कमिटी गठन भएको छ ।

 यसैगरी राजदेवी नगरपालिकामा संजय यादवको  संयोजकत्वमा ४५ सदस्यीय नगर कमिटी गठन भएको छ । यमुनामाइ गाउँपालिकामा शेख सौकतको संयोजकत्वमा २९ सदस्यीय गाउँपालिकामा कमिटी गठन गरिएको छ । त्यस्तै पर्व गाउँपालिकामा श्याम वालक पटेलको संयोजक र शेख मोहित साह सह संयोजकमा  २७  सदस्यीय गाउँपालिकामा कमिटी गठन गरिएको छ । 

दुर्गाभगवती गाउँपालिकामा बीरेन्द्र यादवको संयोजकत्वमा ३१  सदस्यीय गाउँपालिकामा कमिटी गठन गरिएको छ । यस्तै सनत गाउँपालिकामा पालिका स्तरीय भेला गरिएको छ । भेलाले सन्तोष मेहताको संयोजकत्वमा ३१ सदस्यीय  गाउँपालिका कमिटी पुनर्गठन गरेको छ । माधवनारायण गाउँपालिकामा उपेन्द्र साह संयोजक रहनु भएको २७ सदस्यीय  गाउँपालिका कमिटी गठन भएको छ ।

बिभिन्न पालिकाका भेला बैठक,कमिटी गठन र पुनर्गठनमा पार्टीका केन्द्रीय प्रतिनिधिहरुका साथै प्रदेश कमिटीका नेताहरु रामपुकार दाश,रुपनारायण दाश,जयचन्द्र पटेल लगायतको आतिथ्यता  रहेको थियो ।

334439199_636831451515750_4928601570169272926_n