हिमाली जनतालाई सधै माया गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओली नै रहेको र आफूले काठमाडौँ अध्यक्ष ओलीलाई भेट्दा हिमाली जनताको दुःखसुख र भविष्यको को बारेमा सोध्ने गरेको कुरा नेता शेर्पाले बताउनुभयो ।
किमाथाङ्का थुदाप लगायतका दुर्गम हिमाली गाउँका जनताको लागि खाद्यन्न अभाव नहुने गरी व्यवस्थापन गर्न कोशी प्रदेशका मुख्यमन्त्रीलाई अध्यक्ष ओलीले आग्रह गर्नुभएको र प्रदेश सरकारले निकट भविष्यमा ती गाउँका लागि खाद्यान्न पठाउन लागेको कुरा वहाँले बताउनुभयो ।
किमाथाङ्का नाका मार्फत छिमेकी राष्ट्र चीनसँग जोडिएको भोटखोला गाउँपालिकामा फागुन २३ गते देखि सुरु भएको उक्त अभियानलाई स्थानीय जनताहरुले गाउँ गाउँमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।




















