विराटनगर,२९ फागुन । नेकपा (एमाले) को मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तरगत ओखलढुंगाको सिद्धिचरण नगरपालिका ९ मा अभिमुखिकरण तथा योजना निर्माण कार्यक्रम भएको छ ।
कार्यक्रममा मिसन ग्रासरुटलाई प्रभावकारी ढंगले अगाडि बढाउने छलफल भएको नेकपा एमाले प्रदेश कार्यालयका नेता नरेन्द्र बरालले जानकारी दिनुभयो ।
वृद्धहरुको पार्टीमा चासो बढ्दै
मिसन ग्रासरुट अभियानलाई तेह्रथुममा भने वृद्धहरुले पनि चासोपूर्वक सहभागीता जनाएका छन् । जनसंख्याको चाप घट्दै गएको तेह्रथुममा मिसन ग्रासरुट भने उत्साहपूर्वक बढिरहेको छ।
पूर्वी पहाडी जिल्लाहरुमा पछिल्ला वर्षहरुमा युवाहरु विदेश जाने र स्थानीयहरु बसाइसर्ने क्रम बढ्दो छ । यसको चापमा परेको तेह्रथुमका गाउँमा रहेका वृद्धहरु पार्टीका बैठक र छलफलमा सहभागी हुने गरेका छन् ।
जिल्लाको छथर गाउँपालिका ३ पञ्चकन्यामा एमाले नेता लक्ष्मण तिवारीको नेतृत्वमा भएको कार्यक्रममा वृद्धहरुले चासोका साथ सहभागीता देखाएका थिए । एमालेले अहिले के गरिरहेको छ रु र अब के गर्छ ? भन्ने विषयमा उनीहरुको चासो थियो ।





















