कटारी,३० फागुन । नेकपा (एमाले) को मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) उदयपुर कटारीमा सुरुवात गरिएको छ ।
उदयपुर उद्योग वाणिज्य संघको हलमा आजदेखि अभियान सुरुवात गरिएको हो । कटारी नगर कमिटीको आयोजनामा वैठक तथा अभिमूखिकरण कार्यक्रमको भएको एमाले उदयपुरका जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले जानकारी दिनुभयो ।
नगर कमिटी अध्यक्ष संजिव कार्कीको अध्रयक्षता र पार्टीका केन्द्रिय कमिटी सदस्य तैयब हुसेनको प्रमुख आतिथ्यतामा अभियान सुरु गरिएको हो । अभियान अन्तर्गत आज वडाकमिटीका अध्यक्षहरु र नगर कमिटीका पदाधिकारीहरु तथा सदस्यहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो ।
आजको कार्यक्रमले वडा कमिटी देखि टोल कमिटी सम्म पुगेर कार्यक्रमहरु गर्ने एमाले कटारीले जनाएको छ । कार्यक्रममा कोशी प्रदेश कमिटीका सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य अम्बरबहादुर रायमाझी ,कोशी प्रदेश कमिटीका सदस्यहरु, खम्बर मगर भेषराज थापा जिल्ला कमिटीका अध्यक्ष परमेश्वर घिमिरे,उपाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, उपसचिव भरत थापा लगायतको आतिथ्यता रहेको थियो ।
‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत पार्टी केन्द्रको निर्णयअनुसार केन्द्रीय कमिटीका सदस्यहरूले दुई महिना स्थानीय तहमा रहेर पार्टीले निर्धारण गरेका ११ वटा कार्ययोजना अनुसार कार्यसम्पादन गर्दै आउनु भएको छ । केन्द्रले तोकेर पठाएका केन्द्रिय प्रतिनिधि सहितको अभियान अन्तर्गत पार्टी सदस्यता नवीकरण, प्रशिक्षण, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुधार, पार्टीबारे राय सुझाव लिने जस्ता काम पालिका पालिका देखी वडा वडा सम्म जारी राख्ने निर्णय गरेको छ ।
राष्ट्र र राष्ट्रियताको हीतमा काम गर्ने एक मात्र पार्टी नेकपा एमाले भएकोले पार्टीको सबै खाले जनसंगठनलाई चलायमान बनाउने र पार्टी प्रती आकर्षित तथा शुभचिन्तकहरुलाई समेत पार्टी प्रवेश गराउने निर्णय गरेको छ । त्यसैगरी बृहत कार्यकर्ता भेला तथा अभिमुखिकरण कार्यक्रमको आयोजना गर्न लागिएको एमाले जिल्ला अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।





















