लेटाङ,३  चैत । नेकपा एमालेको मिसन ग्रासरुट अभियान कार्यक्रम अन्तर्गत मोरङको लेटाङ को २ न. वडामा प्रशिक्षण मुलक बैठक सम्पन्न भएको छ । वडा कमिटीको आयोजनामा बिहिबार भएको कार्यक्रममा वडा कमिटीका सदस्यहरु, टोल कमिटीका अध्यक्षहरु वडाका जनबर्गिय संगठनका स्थानीय नेता कार्यकर्ताहरुलाई  प्रशिक्षण दिइएको  वडा कमिटीले जनाएको छ । 

Screenshot (2787)कार्यक्रममा पार्टीका केन्द्रिय प्रतिनिधि तथा नेकपा एमालेका पोलिट्व्यूरो सदस्य जितु गौतमले पार्टी सुदृढीकरण तथा विस्तार अभियानको उद्धेश्य एवं कार्यक्रमबारे प्रशिक्षणमुलक विविध पक्षमा प्रकाश पार्नु भएको थियो।

वडा कमिटीकी अध्यक्ष मेनुका आचार्यको अध्यक्षतामा सम्पन्न भएको उक्त प्रशिक्षण कार्यक्रममा नेकपा एमाले मोरङका सदस्य नन्दलाल धिमाल,नगर कमिटी सचिव जितबहादुर लामा,२ न वडाका अध्यक्ष तेजप्रसाद तिम्सिना लगायतको  उपस्थिति रहेको थियो । 

Screenshot (2789)Screenshot (2790)त्यसैगरी बिहिबार नै लेटाङको ९ न. वडामा पनि पार्टी  पोलिट्व्यूरो सदस्य जितु गौतमको प्रम्मुख आतिथ्यतामा  बैठक सम्पन्न भएको छ । वडा कमिटीका  अध्यक्ष खेमराज ढकालको अध्यक्षतामा सम्पन्न भएको बैठकमा एमाले मोरङ मोरङकी सदस्य एवं नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला,पुर्व जिल्ला  कमिटी सदस्य हरिप्रसाद धिमाल, जिल्ला कमिटी सदस्यहरु  डील्ली बीक, हरिमाया बिक पार्टी नगर कमिटी अध्यक्ष कृष्ण लुइँटेल,सचिव जितबहादुर लामा लगायतको उपस्थिति रहेको थियो ।