लेटाङ,३ चैत । नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत मोरङको लेटाङ नगर कमिटीले विभिन्न योजनाहरु बनाउँदै बैठक सम्पन्न गरेको छ ।

शुक्रबार लेटाङमा बसेको नगर कमिटीको बैठकले मिसन ग्रासरुट अभियानको अध्यावधी समीक्षा सहित आगामी कार्ययोजना घोषणा गरेको छ ।

पार्टीका केन्द्रिय अभियन्ता एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य जितु गौतमको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो ।

 पार्टी नगर कमिटी अध्यक्ष कृष्ण लुइँटेलको अध्यक्षतामा बसेको बैठकले निम्न कार्ययोजनाहरु तयार पारेको छ  ।

१.पार्टी सदस्यहरुको अध्यावधी फारम भरी नगरका नौवटै वडामा चैत्र ९ र १० गते शिविरका रुपमा नविकरण गर्ने ।

२.स्ववियु निर्वाचनमा अनेरास्ववियुलाई विजय गराउन विशेष तयारीमा जुट्ने ।

 ३. एक सय भन्दा बढी पार्टीका टोल कमिटी गठन / पुर्नगठन गर्ने 

 ४.नगर र वडामा सबै जनवर्गिय  संगठनको भेला-सम्मेलन गरिने ।

 ५.नौवटा पार्टी वडा शाखा कमिटीको अधिवेशन गरिने।

६. नगरपालिका का सबै जनप्रतिनिधिहरुलाई प्रशिक्षण प्रदान गर्ने ।

 ७.लेटाङ नगर कमिटीमा रहेका सबै पार्टी सदस्यलाई नगर स्तरिय प्रशिक्षण शिविर संचालन गरिने ।

 ८.पार्टी  नजिक रहनु भएका बुद्धिजीवीहरुको भेला गरिने ।

९, पार्टीका पुरना ब्यक्तित्व,पार्टी सेल्टदाताहरुको सम्मान गरिने ।

 त्यसैगरी बैठकले नयाँ पार्टी सदस्य वितरणका लागि आवेदन फारम भर्ने सहित कार्ययोजना पारित गरेको छ ।

बैठकमा कोशी प्रदेश कमिटी सदस्यहरु मोहन तुम्बापो,भुपेन्द्र लावती,अर्जुनराज अधिकारी,रामकृष्ण राई,जिल्ला कमिटी सदस्यहरु नन्दलाल धिमाल,डिल्ली बिश्वकर्मा कृष्ण कुमारी निरौला,हरिमायां बिश्वकर्मा,सहित नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । बैठकलाई नगर सचिव जितबहादुर लामाले संचालन गर्नु भएको थियो।