• भगवती अर्याल 

लेटाङ,७ चैत । मोरङको लेटाङ बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा  निर्वाचित भएका अनेरास्ववियुका उम्मेदवारहरुलाई नेकपा एमालेको मिसन ग्रासरुट अभियान लेटाङले  बधाई दिएको छ ।  

नेकपा एमाले लेटाङ नगर कमिटीले  मंगलवार एक कार्यक्रमको आयोजना गरी गठबन्धन दलका विद्यार्थी संगठनहरुलाई हराउँदै अनेरास्ववियुको तर्फबाट प्यानलै निर्वाचित उम्मेदवारहरुलाइ बधाई तथा शुभकामना दिएको हो । 

आइतबार सम्पन्न भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुबाट निर्वाचित सभापतिमा छवी श्रेष्ठ,सचिवमा पुजेस अधिकारी, कोषाध्यक्षमा सागर पौडेल तथा सदस्यहरुमा सम्झना रिमाल, उर्मिला तामाङ, इन्दिरा तिम्सिना,सुमित्रा मगर र निशान भुजेल र समानुपातिकतर्फका ४ जना उम्मेदवारहरुलाई  बधाई तथा सफल कार्यकालको शुभकामना सहित  सम्मान गरिएको  एमाले लेटाङका सचिव जितबहादुर लामाले जानकारी दिनु भयो । 

337142322_887960918948482_8346456221038276978_nनव निर्वाचित विधार्थी  नेताहरू र निर्वाचित गराउन  महत्वपूर्ण भूमिका निर्वाह गर्ने  अनेरास्ववियुका नेता कार्यकर्ताहरुलाई कार्यक्रमका  प्रमुख अतिथि एमाले पोलिटब्युरो सदस्य तथा मिसन ग्रासरुट अभियान लेटाङका केद्रीय अभियन्ता जितु गौतम कोशी प्रदेश कमिटी सचिवालय सदस्य  भुपेन्द्र लावती,जिल्ला कमिटी सदस्य  नन्दलाल धिमाल लगायले बधाई तथा शुभकामना मन्तव्य दिनु भएको थियो ।  

पार्टी नगर कमिटीका अध्यक्ष कृष्णप्रसाद लुइँटेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई   जितबहादुर लामाले सञ्चालन गर्नु भएको थियो।

लेटाङ क्याम्पसमा ३ सय बढी विद्यार्थी अध्ययनरत रहेकाले १५ सदस्यीय स्वतन्त्र विद्यार्थी युनियनका लागि निर्वाचन गरिएको थियो । लेटाङ क्याम्पसमा एमाले समर्थित अनेरास्ववियु एकतर्फ थियो भने अर्कोतर्फ नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायत दलका विद्यार्थी संगठन गठबन्धन बनाएर चुनावी मैदानमा थिए ।