चपुर,१० चैत । नेकपा एकिकृत समाजवादीका मधेश प्रदेश सचिवालय सदस्य महम्मद कलिमुल्लाह सहित दुई दर्जन नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् ।
चपुरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश कमिटी सदस्यहरु अमर आले, वावुराम दाहाल, रौतहट जिल्ला कमिटी सदस्य मधुसुदन धिताल,पूर्व गाविस अध्यक्ष शम्भु प्रसाद गुप्ता,नागेन्द्र चौरसिया, विनोद चौधरी सहित दर्जनौ जिल्ला कमिटी सदस्यहरु गरुडा नगर कमिटी अध्यक्ष सहित प्राय सवै सदस्यहरु र चपुर नगर कमिटीका थुप्रै सदस्यहरु सहित सयौ कार्यकर्ताहरु आफ्नो पुरानै घर नेकपा एमालेमा फर्किनु भएको छ ।
यसै गरी गरुडा नगरपालिकाका एक जना वडाध्यक्ष समेत एमालेमा फर्कनु भएको छ । नेकपा एमाले पोलिटब्युरो सदस्य एवम रौतहटका लागी केन्द्रीय समन्वय कर्ता पुरुषोत्तम पौडेलको उपस्थीतीमा लामो छलफरी पछि उहाँहरुले विज्ञप्ती जारी गर्दै नेकपा एमालेमा फर्कनु भएको हो ।





















