विराटचोक,११ चैत । नेकपा एमाले सुन्दरहरैंचा नगर कमिटीले पार्टीका नेताकार्यकर्ताहरु लाई जनश्रमदानमा  उतारेको छ ।  नगरपालिकाद्वारा सुन्दरहरैंचा ७ स्थित गछिया खोलामा निर्मांण भईरहेको तटबन्धन निर्माणकार्यमा  नगर कमिटीले शनिवार बिहान ७ बजेदेखि जनश्रमदान गराएको हो । 

Screenshot (2915) आठ दिन अघिदेखि  निर्माणकार्य सुरु गरिएको उक्त अभियानमा सुन्दरहरैंचा  नगर भित्र रहेका  एमालेका नेता कार्यकर्ता तथा संगठित सदस्य सहितसयौको संख्याको सहभागिताबाट जनश्रमदान गरिएको नगर कमिटीका अध्यक्ष मातृका प्रसाद ढकालले जानकारी दिए । त्यसैगरी पार्टीका जनबर्गीय संगठनहरु अनेरास्ववियु, युवा संघका  नेता कार्यकर्ताहरु लगायत सबैको उपस्थिती रहेको नेता ढकालले बताए । 

नगरमा हुने जनता सँग जोडिएका विभिन्न अभियानलाई भावीदिनहरुमा पनि पार्टीले सहयोग गर्दै जाने कुरा  अध्यक्ष ढकालले बताए ।

May be an image of 14 people, people standing and outdoorsकरिव १ सय पच्चीस मिटर क्षेत्रफलको निर्माणमा भइरहेको तटबन्धन निर्माण कार्यको ८० प्रतिशत काम सम्पन्न भैसकेको नगर प्रमुख केदार प्रसाद गुरागाईंले बताए । अभियानमा  सुन्दरहरैचा ९ को  सगरमाथा युथ क्लब,विराटचोकमा रहेको स्वाद होटलका परिवार, उधोग बाणिज्य संघ लगायत धेरै संघ संस्थाले खाजाको व्यवस्था सहित जनश्रमदानगरि सहयोग गर्नुभएको भन्दै नगर प्रमुख गुरागाईंले सबैलाई धन्यवाद दिए  । अभियानमा सहयोग गर्न विभिन्न संघ संस्था र राजनीतिक दललाई पनि आग्रह गरे । अभियानलाई निरन्तरता दिने पनि नगर प्रमुख गुरागाईंले बताए । 

 नगरपालिकाको अभियानबाट निर्माणहुने तटबन्धनबाट गछिया खोलाका किनारमा रहेका सय भन्दा बढि घरपरिवारहरु लाई बाढीको जोखिमबाट राहतहुने देखिन्छ । 

Screenshot (2901)Screenshot (2908)

May be an image of 6 people, people standing, outdoors and tree

May be an image of 15 people, people standing and outdoorsMay be an image of 9 people, child, people sitting, people standing and outdoorsMay be an image of 7 people, people sitting, people standing and outdoorsMay be an image of 5 people, people standing, tree and body of waterMay be an image of 3 people, people standing, tree and skyMay be an image of 3 people, people standing and outdoorsMay be an image of 13 people, people standing and outdoors