धनकुटा,११ चैत । धनकुटा जिल्लाको विभिन्न क्याम्पसहरुको स्ववियु निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुबाट निर्वाचित  स्ववियु पदाधिकारी तथा सदस्यहरूलाई  सम्मान गरिएको छ । नेकपा एमाले धनकुटाको  पार्टी कार्यालयमा शनिबार अनेरास्ववियु धनकुटा जिल्ला कमिटीले एक कार्यक्रमका बीच नव निर्वाचित उम्मेदवारहरुलाइ सम्मान गरेको हो । 

नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रदेश नम्बर एकका पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा नवनिर्वाचित उम्मेदवारलाई बधाई तथा सफल कार्यकालको शुभकामना सहित कदर पत्रले  सम्मान गरिएको अनेरास्ववियु धनकुटाका अध्यक्ष प्रकाश गिरीले जानकारी दिए । 

करिव १५ दिन अघि जिल्लाका सबै क्याम्पसहरुमा सर्व सम्मत ढंगले चयन भएका  अनेरास्ववियुका उम्मेदवारमा धनकुटा बहुमुखी क्याम्पसमा  अध्यक्षमा  सन्तोष बुढाथोकी कोषाध्यक्षमा  युवा तिमल्सिना सदस्यहरू कुमार सापकोटा,नवीन पौडेल,प्रविन खनाल,मुना चापागाईं,सुजन सुवेदी,कविता विश्वकर्मा,भुमिराज राई चयन भएका छन् । 

त्यसैगरी जितपुर क्याम्पसमा  उपसभापति यमुना पुलामी मगर,,सचिव गुणराज धमला सदस्यहरु कविता काफ्ले,बिनिता दर्जी,भाषा क्याम्पसमा उपसभापति चुडामणि बराल,कोषाध्यक्ष समिक्षा अधिकारी सदस्यहरु अस्मिता कार्की,लक्ष्मी गिरी जाल्पादेवि क्याम्पसमा सभापति निर्मला कार्की कोषाध्यक्ष चेतराज पौडेल सदस्य सुमिता भट्टराई रहेका छन् । 

अनेरास्ववियु धनकुटा जिल्ला कमिटी अध्यक्ष प्रकाश गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष तथा कोशी प्रदेश सभाका सांसद इन्द्रमणि पराजुलीको विशिष्ट आतिथ्यता र पार्टी उपसचिव तथा जनवर्गीय संगठन विभाग प्रमुख शिव आंला लगायतको आतिथ्यता रहेको थियो ।