मधुमल्ला,१५ चैत । नेकपा(एमाले)को मिसन ग्रासरुट अभियान अन्तरगत नेपाल खेलकुद महासंघको दोस्रो गाउँ अधिवेशन सम्पन्न भएको छ। मंगलबार मधुमल्लामा भएको अधिवेशनले जीवन माखिम लिम्बुको अध्यक्षतामा १७ सदस्य कमिटी निर्वाचित गरेको छ।
उक्त कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य कमरेड जितु गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथि खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत लगायत नेकपा(एमाले)का जिल्ला, गाउँ कमिटी,नेपाल खेलकुद महासंघ,राष्ट्रिय युवा संघ,मुक्ति समाज नेपालका नेता सहित अधिवेशनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
त्यसैगरी मंगलबार नै राष्ट्रिय युवा संघ नेपाल मिक्लाजुङ दोस्रो अधिवेशनद्वारा सन्तोस वोखिम राईको अध्यक्षतामा ३१ सदस्य गाउँ कमिटीलाई शपथ ग्रहण गरिएको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथि पार्टीका पोलिटब्युरो सदस्य जितु गौतम विशेष अतिथि नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत,राष्ट्रिय युवा सघं नेपाल कोशी प्रदेश सदस्य शंकर बजगाई,एमाले मोरङ जिल्ला कमिटीका नेताहरु,पार्टी मिक्लाजुङ गाउँ कमिटीका नेतृत्व सहित युवा संघ नेपालका सहभागिता रहेको थियो।





















