सुनसरी,१९ चैत्र । नेकपा एमालेको  मिसन ग्रासरुट अभियान  अन्तर्गतको  बराहक्षेत्र  नगर कमिटीले मध्यवधी समिक्षा बैठक सम्पन्न गरेको छ ।

 आइतबार  चकरघट्टीमा बसेको  नगर कमिटीको बैठकले   मध्यवधी समिक्षा बैठक सम्पन्न गरेको हो । नगर कमिटीका अध्यक्ष  गजेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले   नगर भरिका वार्ड कमिटीका अध्यक्षहरुबाट अभियान अन्तर्गत भएका कार्यक्रमहरुको विषयमा लिखित प्रतिवेदन पेस गरेको पार्टीका नगर कमिटी सचिव राजेन्द्र कार्कीले जानकारी दिनु भयो ।

बैठकमा केन्द्रिय अभियान्ता तथा  पार्टी केन्द्रिय सदस्य अम्बिका थापाको प्रमुख आतिथ्यतामा भएको  समिक्षा बैठकले आगामी योजना तर्जुमा समेत गरेको थियो। बैठक  प्रदेश अभियान्ताहरु  बिजयकुमार राई,गोबिन्द कार्की,गणेश गुरागाईं,राम आङ्ग्बोहाङ्ग,नुलम राई,रुबिना राई, जिल्ला अभियन्ताहरु,नगर अभियन्तागरि चारै तहका अभियन्ताहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम  नगर कमिटी सचिव राजेन्द्र कार्कीले संचालन गर्नुभएको थियो ।  

339384334_1269378473997300_5191519084324209749_nत्यसैगरी  अभियानकै क्रममा आजै पार्टीको भातृ संगठन अखिल नेपाल महिला संघले नगर स्तरिय महिला भेला सम्पन्न गरेको छ । अनेमसंघ  नगर कमिटीकी  अध्यक्ष यशोदा खडकाको अध्यक्षतामा सम्पन्न भएको भेलामा नगर भरिका वार्डबाट सयौंको संख्यामा महिला नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

कार्यक्रममा एमालेका पुराना महिला नेतृहरु देउकुमारी थापा, राधा निरौला,तुलसा भण्डारि, गिता कट्टेल लगायतलाई सम्मनान गरिएको थियो । कार्यक्रमको प्रमुख  अतिथि केन्द्रिय अभियान्ता तथा  पार्टी केन्द्रिय सदस्य अम्बिका थापाले उहाँहरुलाई खादा ओढाएर  सम्मान गर्नु भएको थियो । 

339250317_773946064079376_8384085625031171535_n

कार्यक्रममा अनेमसंघ  जिल्ला कमिटी अध्यक्ष बिणा खनाल लगायतले मन्तब्य राख्दै आधा आकाश ढाक्ने महिलाहरुको प्रतिनिधित्व राज्यका सबै निकायमा सम्मानजन संविधानमा ब्यबस्था भए अनुसार हुनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा नगर उप प्रमुख नन्दकुमारी राईले समेत महिला अधिकारको बिषयमा आफ्नो भनाई राख्नु भएको थियो।

339141773_906196877322465_1882059385025972052_n